बंगलादेश निर्वाचन, प्रधानमन्त्री हसिनाको दललाई पूर्ण बहुमत

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेका छन् । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ । 

 

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसदमा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी -बीएनपी- ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

 

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्ष समेत रहनुभएकी हसिना चौथो पटक प्रधानमन्त्री बन्छन् । 

 

आइतबारको चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो । विपक्षीहरुले चुनाव निष्पक्ष रुपमा सम्पन्न हुन नसकेको र राज्य संयन्त्रको चरम दुरुपयोग भएको आरोप लगाएका छन् । 

 

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ । 

 

“हामी स्वतन्त्र सरकारको नेतृत्वमा जतिसक्दो चाँडो नयाँ निर्वाचन गर्न माग गर्दछौं,” विपक्षी दलहरुको गठबन्धनको नेतृत्व गरेका कमल होसेनले बताए । 

 

चुनाव हुनु अघिदेखि नै बंगलादेशमा हिंसात्मक झडपका घटना भइरहेका थिए । सरकारले सुरक्षा व्यवस्था सुदृढ गर्न ६ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपनि मतदानका दिन सबैभन्दा बढी हिंसात्मक घटना भएका थिए । 

 

मतदानका दिन अवामी लिग र बीएनपीका कार्यकर्ताबीचको झडपमा १३ जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर अरु तीन जनाको मृत्यु भएको थियो । झडपका क्रममा एक प्रहरी जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

बीएनपीका प्रवक्ता सइद मोजेम होसेन अलालले कूल ३०० स्थानमध्ये २२१ स्थानमा धाँधली भएको जानकारी प्राप्त भएको बताए । 

 

बंगलादेश निर्वाचन आयोगका प्रवक्ता एस।एम। असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए । 

 

प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको बताउँदै चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न भएको दाबी गरे । 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 3 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 3 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 3 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।