ट्वान्टी ट्वान्टी क्रिकेट शृंखला दोस्रो खेलमा पनि बंगलादेशले हार्यो

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 2 years ago
  • खेल

काठमाडौं । अफगानिस्तानसँगको ट्वान्टी-ट्वान्टी क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा पनि अफगानिस्तान विजयी भएको छ । मंगलबार राती भारतको देहरादुनमा भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो ।

 

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र १३४ रन बनायो । उसका लागि सर्वाधिक टमिम इक्वलले ४४ रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् ।

 

बंगलादेशलाई थोरै रन बनाउन दिनमा अफागानिस्तानका रशिद खानले हिजोको खेलमा पनि उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा चार विकेट लिदै मात्र १२ रन खर्च गरे । उनी पेलेयर अफ दि म्याचसमेत भए ।

 

यस्तै, अफगानिस्तानका लागि मोहम्मद नाबी २, साप्पोर जर्डोन र करिम जनतले समान एक एक विकेट लिए ।

 

१३५ रनको लक्ष्य पाएको अफानिस्तानले सात बल अगाबै चार विकेटको क्षतीमा लक्ष्य भेट्टायो ।

 

उसका लागि समिउल्लाह सेनवारी ४९, मोहम्मद नाबी नट आउट ३१ र मोहम्मद सेहजादले २४ रनको योगदान गरे । बंगलादेशका मोसाडिक हसन २, रुबेल हसन र अबु हिडरले एक एक विकेट लिए ।


थप समाचार

मेची–महाकाली विद्युतीय रेलमार्ग: इनरुवा खण्डको काम शुरु

  • 35 minutes ago
मेची–महाकाली विद्युतीय रेलमार्ग: इनरुवा खण्डको काम शुरु

झापा । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

  • 42 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण

  • 49 minutes ago
काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण

काठमाडौँ । काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण फेला परेको पुष्टि भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।