जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा सुरू

जुम्ला । जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा सुरु भएको हो । 

 

सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पुर्‍याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् । 

 

अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षाभत्ताका सबै कामकाज गाउँमै हुन थालेको छ । 

 

पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता टरेपछि सङ्घीयताको महसुस बैंकिङ सेवाले पनि गराएको तातोपानी गाउँपालिका स्थानीय रामकृष्ण न्यौपानेले बताए । उनले भने, ‘सिंजाबाट सदरमुकाम पुग्न बास बस्नुपर्थ्यो, तर अहिले गाउँमै बैंक आएपछि निकै सहज भएको छ ।’ 

 

कुन स्थानीय तहमा कुन बैंक 

 

सदरमुकामबाट सबैभन्दा टाढा रहेको कनकासुन्दरी गाउँपालिकामा कुमारी बैंकको शाखा सञ्चालनमा रहेको छ । जसले गर्दा पहिलेको योजनादेखि आर्थिक कारोबारका लागि बास बस्नुपर्ने स्थिति अहिले टरेको सचिव अम्मरराज गिरीले बताए । 

 

त्यस्तै सिंजा गाउँपालिकामा नेपाल बङ्गलादेश बैंक, हिमा गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा सञ्चालनमा छन् । 

 

तिला गाउँपालिकमा नबिल बैंक, तातोपानी गाउँपालिकामा जनता बैंक, गोठीचौर गाउँपालिकामा सनराइज बैंक र पातारासी गाउँपालिकामा बैंक अफ काठमाण्डूको शाखा सञ्चालन भएको छ । 

 

पातारासी गाउँपालिकामा भने केही सामग्रीहरु जोड्न बाँकी रहेकाले सेवा सञ्चालनमा आउन सकेको छैन । 

 

नमूना गाउँपालिका बनाउने योजनाअनुसार बैंकको स्थापनालाई पहिलो प्रथामिकता दिइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । 


थप समाचार

स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • 4 hours ago
स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

  • 5 hours ago
खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबै



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।