सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 8 months ago
  • अर्थ

खोटाङ । जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई सहज भएको छ । 

 

स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुँदै गएपछि सहजता आएको हो । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने सदरमुकाम दिक्तेल बजारमा मात्र केन्द्रित बैंकहरु पछिल्लो समय खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा विस्तार भएपछि स्थानीय निकायलाई सहज भएको छ । 

 

स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक र यसअघि नै राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा साल्पा विकास बैंक सञ्चालनमा आएपछि सरकारी कामकाज तथा स्थानीयवासीलाई सजिलो भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । 

 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा कृषि विकास बैंक र साल्पा विकास बैंक, उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ लामिडाँडामा सेन्चुरी कमर्सियल बैंक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँ ओख्रेमा सानिमा विकास बैंक सञ्चालन भएको छ । हलेसी तुवाचुङमा हालैमात्र माछापुच्छ«े बैंक स्थापना भएको छ । 

 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको केपिलासगढी, बराहापोखरी र साकेला गाउँपालिकामा पनि बैंक स्थापनाको तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको योजना छ ।” उनले भने, “जिल्लाका बाँकी स्थानीय तहमा आगामी असार मसान्तभित्र स्थापना गरेर कारोवार शुरु हुन्छ ।” 

 

स्थानीय तहमै बैंक स्थापना भएपछि कर्मचारीको तलब, विकास निर्मार्णको भुक्तानी, सामाजिक सुरक्षा भत्तालगायतका लागि दुई दिनसम्म पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल जानु-आउनुपर्ने बाध्यता हटेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

 

“बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई पैदल हिँडेर सदरमुकाम दिक्तेल पुग्नु पथ्र्यो ।” उनले भने, “अहिले पालिकामै बैंक सञ्चालन भएपछि समय र खर्च दुवैको बचत भएको छ ।” 

 

दिक्तेल बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डु, सेन्चुरी कमर्सियल बैंक र हलेसी तुवाचुङ नगरपालिकामा रहेकोे माछापुच्छ्रे  बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास बैंक, ज्योति विकास बैंकलगायत एक दर्जनभन्दा बढी वित्तीय संस्था छन् । 

 


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 26 minutes ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 31 minutes ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 44 minutes ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।