बराहपाेखरी : जहाँ संसारकै लाेपाेन्मुख राताे माछा पाइन्छ

फाइल फाेटाे

खोटाङ । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महिना एउटै देखिन्छ । जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ । 

 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि १६ कोष दक्षिणमा पर्ने यो तालको नाम हो ‘बराहपोखरी’ । यसलाई सौन्दर्यकी खानीभन्दा फरक पर्दैन । यो पोखरीले झण्डै पाँच किलोमिटर क्षेत्रफल ओगटेको छ । ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । 

 

परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर मगर बस्तीका १२ घर डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ । 

 

बराहपोखरी पुग्न दिक्तेलबजारदेखि पैदल यात्रा गर्दा दुई दिन लाग्छ । दिक्तेल, टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोला तरेपछि करिब तीन घण्टामा बराहपोखरी पुगिन्छ । उदयपुरबाट खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाध हुँदै बराहपोखरी पुगिन्छ । भोजपुरबाट पाँचधारे हुँदै चिसापानी छिचोलेपछि त्यहाँ पुगिन्छ ।

 

 

बराहपोखरीस्थित स्थानीय शैलीका होटलहरु प्रशस्त रहेकाले त्यहाँ बास बस्नका लागि कुनै समस्या छैन । बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुल लगायतका परिकारहरू प्रशस्तै पाइन्छन् । बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । जीवनमा शान्ति मिलोस् भनी मन्दिर जोडी परेवा उडाउनाका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ । 

 

बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने पनि जनविश्वास छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले यहाँ आएर पूजापाठ गरे सन्तान पाइने जनविश्वास छ । हरिबोधनी एकादशीका अवसरमा लाग्ने यहाँको मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन शतबीज छर्ने प्रचलन पनि रहेको छ । 

 

प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३ सयको हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ ।

 

बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनका लागि खर्च गरिदैं आएको पोखरी व्यवस्थापन समितिले जनाएको छ । 

 

यो पोखरीलाई नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्रका रुपमा घोषणा गरिसकेको छ । यसको चौतर्फी विकासका लागि सरकारले गरेको यो निर्णय जिल्लाको पर्यटन विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको छ । 

 

यसअघि आव २०७३/७४ मा बराहपोखरीको विकासका लागि प्रतिनिधिसभा सदस्य भट्टराईको संसदीय विकास कोषबाट रु ६० लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट पोखरीमा अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नाका साथै डुङ्गा खरीद गरेर सञ्चालनमा ल्याइएको छ । 


थप समाचार

बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

  • 2 hours ago
बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले मे ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकी छिन् । निकै भावुक हुँदै उनले पदबाट राजीनामा दिने जानकारी गराएकी हुन् ।

महँगा अभिनेता अल्लु अर्जुन

  • 3 hours ago
महँगा अभिनेता अल्लु अर्जुन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भ

“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

  • 3 hours ago
“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

दमौली । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नग



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।