१७ वर्षपछि बार्सिलोनाले प्रशिक्षक बर्खास्त गर्यो

  • मंगलबार, २९ पुष, २०७६
  • 4 months ago
  • खेल

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले १७ वर्षपछि प्रशिक्षक बर्खास्त गरेको छ । सोमबार क्लबले एक विज्ञप्ती निकाल्दै हालका प्रशिक्षक अर्नेष्टो भालभर्देसँगको सम्झौता रद्द गरी नयाँ प्रशिक्षक क्विके सेटियनलाई नियुक्त गरेको हो । 

 

बिहीबार साउदी अरेबियामा भएको स्पेनिस सुपरकपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग ३–२ गोलले पराजित भएपछि बार्सिलोनाको व्यवस्थापन पक्षले भालभर्देलाई बर्खास्त गरेको हो । साढे २ सिजन क्लबमा बस्दा बार्सिलोनालाई भालभर्देले ४ उपाधि जिताएका थिए । त्यसमा दुई सिजन घरेलु लिग ला लिगा उपाधि थियो । युरोपियन प्रतियोगितामा भने उनको टिमलाई रोमा तथा लिभरपुलले ठूलो धक्का दिएपछि उनीमाथि प्रश्न खडा भएको थियो । तै पनि बार्सिलोना बोर्डले भने उनीसँग सहकार्य गरिरह्यो । 

 

नवनियुक्त प्रशिक्षक सेटियन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । उनीसँग क्लबले २०२२ को जुनसम्मको लागि सम्झौता गरेका हुन् । ६१ वर्षीय सेटियनले सन् २०१७ मा नै बेटिसलाई लिगको छैटौं स्थानमा पुर्याएका थिए ।

 

बार्सिलोनाले यसअघि डच प्रशिक्षक लुइस भ्यान हाललाई सन् २००३ मा बर्खास्त गरेको थियो । त्यसपछिको समयमा आएका प्रशिक्षकहरुले आफै क्लब छोडेका थिए भने कतिपयले सम्झौता अवधिभर काम गरे ।


थप समाचार

बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

  • 10 minutes ago
बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

काठमाडौँ । बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका एकजना पुरुषको मृत्यु भएको हो । भारतबाट फर्किएको दिन उनक

हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

  • 16 minutes ago
हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

काठमाडौँ । जर्मनको घरेलु लिग बुन्डेसलिगामा हेर्थाविरुद्ध डर्टमण्डले साँघुरो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा हेर्थाविरुद्ध डर्टमण्डले १–० गोलको जित निकालेको हो ।

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

  • 19 minutes ago
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

वीरगञ्ज । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।