'आखिर फर्कनु नै पर्यो बार्सिलोना, घमण्डी नेयमार सुध्रिएलान् त ? '

  • बुधबार, ११ आषाढ, २०७६
  • 11 months ago
  • खेल

एजेन्सी । यो वर्ष पनि सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो । फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो । 

 

तर, पिएसजीमा गएका उनले सोचेजस्तो माहौल भेटेनन् । उनी पिएसजीमा निसासिएको मिडिया रिपोर्टमा उल्लेख भएको थियो । पिएजीमा अनुबन्ध भएपछि उनी विवादमा मुछिएको मुछिएै भए । कहिले विपक्षी फ्यानलाई मुक्का हानेको घटना त कहिले आफ्नै साथीसँग झगडा गरेको घटना । पछिल्लो समय बलात्कारको घटनामा मुछिएपछि उनको सर्वत्र आलोचना भइराखेको छ ।  

 

व्यवसायिक फुटबल खेलाडी नेयमार फरवार्ड लाइन वा विइगर दुवै स्थानबाट खेल्न सक्छन् । उनको पेश पनि उच्च रहेको छ । ब्राजिलको राष्ट्रिय टोली र हाल पिएसजी क्लबमा आवद्ध भएका उनलाई लालिगामा पनि राम्रै सफलता मिलेको थियो । सन् १९९२, ५ फ्रेबअरी, मोगी डास क्रुजेज, साओ पाउलोमा जन्मिएका नेयमार युथ टिम पोर्चुगुइसा सानिस्टाबाट खेल्न सुरु गरे । उनको ट्यालेन्ट देखेर सान्टोस एफसीले उनलाई आफ्नो क्लबमा ल्याउने मनसाय बनायो । तर, केही समय पश्चात नेयमारको परिवार नै सान्तोस सर्ने निर्णय गर्यो । अन्ततः नेयमार सन्तोस क्लबमा आवद्ध भए । 

 

१४ वर्षको कलिलो उमेरमा नेयमारले रियल मड्रिडको भ्रमण गर्ने मौका पाए । रियलबाट उनी फुटबल खेल्न चाहन्थे । तर, उनलाई बोनसको अफर गरेपछि सान्तोसमा नै रहने निर्णय गरे । उनले खेल्ने समय पनि अधिक पाउन थाले । यसले उनको खेल्ने शैलीलाई परिष्कृत गर्यो । 

 

मार्च ७, २००९ मा उनले ओस्टेविरुद्धको खेलमा डेब्यु गरे । उनी त्यतिखेर १७ वर्षका मात्र थिए । पहिलो सिजनमा उनलाई सबै गरेर ४८ वटा खेल खेल्ने मौका दिइयो । 

 

उनले उक्त सिजनको भरपुर उपयोग गर्दै क्लबका लागि १४ महत्वपुर्ण गोल गरे । 

 

सन् २०१० मा नेयमारको चर्चा तब चुलियो जब उनले १९ खेलमा १४ गोल गर्दै क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेले । 

 

‘बेस्ट पर्फमेन्स’ दिएका कारण उनी त्यस सिजन लिगको उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल रहे । 

 

त्यसपछि उनलाई किन्न विश्वका चर्चित र धनी क्लबहरु लागि नै परे । तर, सान्तोसले उनलाई रोकेर राख्यो । उनलाई दिने सेवा सुविधामा ५० प्रतिशत वृद्धि गरियो । युरोपियन क्लबले दिने सुविधा उनले पाउन थाले । 

 

सन् २०११ मा पनि उनले क्लबलाई क्यामीपियोनेटो पोलिस्टा लिग उपाधि जिताउन सफल रहे भने फिफा क्लब वल्र्डको फाइनलमा समेत पुर्याउन सफल रहे । सन् २०११ मा उनको योगदानको कदर गर्दै उनलाई ‘साउथ अमेरिकन फुटबल अफ द इयर अवार्ड’ बाट सम्मानित गरियो । 

 

सन् २०१२ मा पनि पुन सोही अवार्डबाट उनी सम्मानति भए । 

 

२० वर्षको उमेरमा उनले क्लबका लागि १०० गोल गरे । हाल उनी ब्राजिलका नम्बर वन खेलाडी भएको र उनको कला कौशल उत्कृष्ट खेलाडीहरुमध्ये रहेको फुटबल पण्डितहरुको बताए । 

 

सन् २०१७, जुन २७ मा उनले बार्सिलोना जाने निर्णय गरे । पाँच वर्षको सम्झौता गर्दै ५७ मिलियन युरोमा उनी बार्सिलोना गए । युरोपियन उपाधिका लागि खेल्ने उनको सपना पुरा भयो । बार्सिलोनामा उनले लियोनल मेस्सी, एद्री इनिएष्टा, जाभी हर्नानडेज, पिक्यु जस्ता विश्वकै उत्कृष्ट खेलाडीको साथ पाए । 

 

सन् २०१० मा अमेरिकाविरुद्धको खेलमा नियमारले राष्ट्रिय टोलीबाट डेब्यु गरे । पहिलो खेलमा नै उनलाई सफलता मिल्यो । उनले २८ औ मिनेटमा सानदार गोल गरे । उनी राष्ट्रिय टोलीमा लगातार पहिलो रोजाइको खेलाडी बन्न पुगे । सन् २०१२ मा भएको ओलम्पिक खेलमा उनले राष्ट्रिय टोलीबाट तीन गोल गर्दै सिल्भर मेडल जिताउन सफल रहे । 

 

सन् २०१३ मा भएको कन्फेडेरेशन कपमा उनीमाथि ठुलो दबाब रह्यो । तर, उनले  आफ्नो जिम्मेवारी निकै राम्रोसँग बुझेका थिए । उनले उक्त कपमा चार गोल गरे । उनको खुसीको क्षण त्यतिखेर आयो जब उनले ‘गोल्डेन बल अवार्ड फर द बेस्ट प्लेयर’ को उपाधि जिते । 

 

आज उनी एक सफल खेलाडी बनिसकेका छन् तर खुसी हुन सकेका छैनन् । उनको अपेक्षा भनेको मेस्सी र रोनाल्डोले जितेको बेलोन डि’ओरको उपाधि जित्नु हो । बार्सिलोनामा रहँदा लियोनल मेस्सीको ओझेलमा परेको अनुभत गरेका उनले अन्तत पिएसजी जाने अन्तिम निर्णय गरेका थिए । पिएसजीमा आएपछि उनी खुसी हुन सकेका थिएनन् ।

 

उनी पिएसजीमा आएपछि घाइते पनि उत्तिकै भए । २१ खेलमा १८ गोल गरेका उनी तीन महिनाका लागि मैदान बाहिर रहेका थिए । पछिल्लो समय पिएसजीमा खुसी नभएका उनी रियल मड्रिड जाने हल्ला पनि उत्तिकै रहेको थियो । 

 

पिएसजी आउनु उनलाई निल्नु न ओकल्नु भएको थियो । बार्सिलोना समेत फर्कन चाहेको खबर बाहिर आइरहँदा उनी भने मौन रहेका थिए । बार्सिलोनाले उनीबारे केही पनि बोल्न रुचाएको थिएन । उनी आफ्नो निर्णयले बार्सिलोना छोडेका हुन्, बार्सिलोना छोडेपछि उनीसँग कुनै पनि संवाद नभएको बार्सिलोना प्रमुख बार्तेमोउले बताएका थिए । उनले पिएसजीमा आफ्नो मन खुसी नभएको बताएका थिए । कुनै समय नेयमारको हरेक सर्त पुरा गरेको बार्सिलोनाले यसपटक भने बार्सिलोनाको सर्त पुरा गर्दै नेयमार बार्सिलोना फर्कन लागेका हुन् । उनको तलबमा झण्डै पचास प्रतिशत कटौती भएको छ । 

 

पिएसजी आएपछि च्याम्पियन्स लिगको उपाधि जित्ने सपना देखेका उनी अन्ततः हार मान्दै बार्सिलोना फर्कन लागेका हुन् । बार्सिलोना पुगेपछि उनलाई झन् कठिन यात्रा गर्नु पर्ने अनुमान गरिएको छ । स्ट्राइकरको अभावका कारण पनि बार्सिलोना नेयमारलाई पुनः फर्काउन बाध्य भएको समिक्षकहरुको भनाइ रहेको छ । नेयमारको अभाव खट्किएको बार्सिलोनाले महसुस गरेका कारण पनि यो कदम सही भएको मिडिया रिपोर्टमा उल्लेख छ । ब्राजिलका स्टार खेलाडी कोटिन्होको भविष्य भने अन्यौलमा परेको बताइएको छ । उनी पिएसजी जान सक्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । समिक्षकहरुले भनेका छन्,‘ईष्याले खेल्नु नेयमारको ठुलो गल्ती हो । आफ्नो क्षमता एक ठाउँमा छ र अरुको ईष्या गरेर क्लब छोड्नु ठुलो भुल उनीबाट भएको थियो ।


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 8 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 8 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।