IIMS College

ISMT

HUB Education

बार्सिलोनाले खराब प्रदर्शन गर्नुको ७ कारण

  • सोमबार, ६ असोज, २०७६
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग ला लिगामा १८ वर्षपछि खराब सुरुवात गरेको छ । सिजन २०००–०१ मा लोरेन्स सेरा फेरर प्रशिक्षक रहँदा बार्सिलोनाले घरेलु लिगमा राम्रो सुरुवात गर्न सकेको थिएन । त्यसपछिको सिजनमा बार्सिलोनाले लिगमा राम्रो गरेको भए पनि हालका प्रशिक्षक अर्नेष्टो भालभर्देले बार्सिलोनालाई राम्रो दिशा दिइरहेका छैनन् । 

लिगको ५ खेल सकिँदा बार्सिलोनाले ८ अंक गुमाइसकेको छ । बार्सिलोनाले २ खेलमा हार तथा १ खेलमा बराबरी गरेर उक्त अंक गुमाएको हो । 

बार्सिलोनाले गरेको गल्तीको बारेमा यहाँ हामीले चर्चा गरेका छौं ।

 

एनफिल्ड

लिभरपुलको घरेलु मैदान एनफिल्डमा पराजय व्यहोरेपछि बार्सिलोनाको खेल प्रदर्शन खस्केको छ । गत मे ७ मा बार्सिलोना एनफिल्डमा ४–० गोलले पराजित भएको थियो । यसभन्दा अघि बार्सिलोना रोमको घरेलु मैदानमा पराजित भएको थियो । यस्तो पराजय व्यहोर्दा पनि क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले भालभर्देलाई विश्वास गरेर सम्झौता थपिदिएका थिए । बरु भालभर्देको रोजाइका डी जोङ, ग्रिजम्यान लगायतका खेलाडीलाई क्लबमा भित्र्याए । 

 

भालभर्दे

प्रशिक्षक भालभर्देको गल्तीको कारण बार्सिलोनाले कमजोर क्लबसँग पनि पराजय व्यहोरिरहेको छ । इभान राकेटिच र सर्जियो बुस्केट्सलाई कहिले बाहिर राखेर आर्थुरो भिडाललाई भित्र पठाउँदा टिमले कमजोर प्रदर्शन गरेको छ । उनले आफ्नै ढंगले मिडफिल्डलाई चलाउँदा टिमको प्रदर्शन कमजोर बनेका केही खेलहरु छन् ।

भालभर्देले आन्सु फाटी तथा कार्लेस पेरेजलाई भने खेल्ने मौका दिएका छन् । 

तर, ग्रानाडासँगको खेलमा भने भालभर्देले कति सानो गल्ती गर्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले आगामी खेल तालिकालाई हेरेर खेलाडीहरुलाई मैदानमा उतार्दा टिमले पराजय व्यहोर्नुपर्यो । आर्थुर मेलो, सर्जियो बुस्केट्स तथा फ्रांकी डी जोङको जमेको मिडफिल्डलाई उनले ब्रेक गरे । 

 

जुनियर

भादभर्देको आदेशको  पालना गरेर रियल बेटिसका पूर्व खेलाडी जुनियर फिरोपाले गम्भीर गल्ती गर्न पुगे । त्यस्तै उनलाई मैदान बाहिर ल्याउँदा झनै अर्को गल्ती गर्न पुगे । यसरी खेलाउँदा फिरोपाको करिअर नै समाप्त हुन सक्छ । भालभर्देले भने सेमेडोलाई लेफ्टमा राखेर खेलाउँदा उनी टाउको नभएको कुखुरा जस्तो गरि खेल्न थाले । 

 

डी जोङ

नेदरल्याण्डका खेलाडी डी जोङले राम्रो खेल्ने संकेत देखाइरहेका छन् । तर, उनलाई भालभर्देले सहयोगीहरु नै दिएका छैनन् । न त उनलाई आफ्नो स्थानबाट खेल्न नै दिएका छन् । उनलाई कहिले ट्याकल गर्न पठाएका छन् त कहिले डिफेन्सिभ मिडफिल्डबाट खेल्न पठाउँदा उनले आफ्नो खेल स्वतन्त्रतापूर्वक खेल्न पाएका छैनन् । यसभन्दा अघि बिल्बाओसँगको खेलमा एलेनालाई यसरी खेलाउँदा हार व्यहोरेपछि भालभर्दे डी जोङलाई चलाउन पुगेका हुन् । 

 

ग्रिजम्यान

फ्रेन्च मिडफिल्डरलाई अनुबन्ध गर्ने प्रकृयामा ठूलो हल्लाखल्ला भयो । यसभन्दा अघिल्लो सिजन पनि उनी आउने हल्ला ब्यापक रुपमा चलेको थियो । तर, उनीबाट सन्तोषजनक नतिजा आउन सकेको छैन । मोटो रकम हालेर ल्याएको स्टार खेलाडीबाट यस्तो खेल प्रदर्शन हुनुले भालभर्देको योजना सही नभएको फुटबल पण्डितहरुले बताउँदै आएका छन् । 

तै पनि बेटिस तथा भ्यालेन्सियाविरुद्धकोक खेल भने उनले राम्रो खेले । उनलाई मेसी तथा स्वारेजसँग फिट हुनेको लागि अझै केही समय लाग्ने भएको छ । 

 

मेसी

पिडौलामा लागेको चोटको कारण मेसी खेलमा त फर्किएका छन् तर, फर्ममा छैनन् । उनी ठिक भएको खण्डमा धेरै कुरा ठिक हुने पक्का छ तर, हालको अवस्थामा उनको प्रदर्शनले गर्दा बार्सिलोनालाई नै चिन्ता बढाएको छ । 

 

आन्सु फाटी

फाटीको प्रदर्शनले बार्सिलोनाको भविष्य उज्वल देखाएको छ । १६ वर्षको केटोले जुन प्रदर्शन गरेको छ त्यो असाधरण हो । उनीबाट धेरै अपेक्षा पनि गर्न सकिन्न । यो उमेरमा नै पहिलो टिममा स्थान बनाउन सक्नुले टिमका अन्य खेलाडीहरुलाई चुनौति बढेको छ ।


थप समाचार

यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

  • 6 hours ago
यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

  • 6 hours ago
यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै ५० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।

कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

  • 7 hours ago
कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।