बिरामी बार्सिलोना

  • बुधबार, २० कार्तिक, २०७६
  • 6 months ago
  • खेल

एजेन्सी । सन् २०१७ मा नेयमारले बार्सिलोना छोडेपछि क्लबलाई उही स्तरमा राख्न क्लब बोर्डले खेलाडीहरुमा ठुलो धनराशि खर्चिएको थियाे र खर्चीरहेकाे पनि छ । नेयमारले छोडेपछि क्लबले लिभरपुलबाट फिलिपिन्हो कोटिन्हो र बोरुसिया डोर्टमण्डबाट ओउसमाने डेम्बेलेलाई किन्यो । पहिलो सिजनमा कोटिन्होको खेल प्रदर्शनले बार्सिलोनालाई निराश बनायो ।

 

प्रशिक्षक अरनेष्टो भलभरडेले क्लब प्रमुख बार्तेमोउलाई सम्झाए कोटिन्हो खेलमा जमेनन् । उनको विकल्प चाहियो । उनले पनि एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानलाई बार्सिलोनामा अनुबन्ध गरे ।

 

कोटिन्होको खेलमा सुधार नआएको भन्दै उनलाई लोनमा बार्यन म्युनिख पठाइयो । यता ग्रिजम्यानबाट ठुलो आशा गरेको बार्सिलोनाले फेरि पनि निराशा भोग्नु पर्यो । उनले १५ खेलमा जम्मा चार गोल गरेका छन् । नयाँ खेलाडीबाट धेरै आशा गरिए पनि पुराना खेलाडीमा भर पर्नु पर्ने अवस्था देखिएको छ ।

 

समिक्षकहरुका अनुसार बार्सिलोनाको समस्या खेलाडीभन्दा पनि प्रशिक्षकमा रहेको बताएका छन् । उनीहरुले दुईपटक च्याम्पियन्स लिगमा लज्जास्पद हार भोग्दै आउट हुनुले पनि यस कुराको प्रमाणित गरेको बताउँछन् । रोमाले सानदार कमव्याक गर्दै बार्सिलोनालाई पाखा लगाएको थियो भने अर्को सिजन निकै सफल खेल प्रदर्शन गरेको बताइए पनि लिभरपुलले पाखा लगाएपछि भलभरडे मौन बसेका थिए । 

 

‘यस सिजन बार्सिलोनामा न खेलाडीहरुबीच तालमेल मिलेको छ न प्रशिक्षकको ट्याकटिसले नै काम गरेको छ ।’ जेरार्ड पिकेले भने । 

 

गएका दुई सिजन ला लिगामा खासै समस्या देखिएको थिएन । तर, यस सिजन च्याम्पियन्स लिग र ला लिगामा समस्या नै समस्या देखिएको उनले बताएका छन् । 

 

गएराति भएको स्लाभिया प्रागसँगको खेलपछि त बार्सिलोना फ्यानहरु निकै निराश भएका छन् । 

 

समिक्षकहरु भन्छन्,‘बार्सिलोनाका खेलाडीहरुको मनोबल नै गिरेको छ । मानौँ बार्सिलोना बिरामी नै गरेको जस्तो देखिन्छ ।’  

 

यस सिजन बार्सिलोना ११ खेलमा ३ खेल पराजित भइसकेको छ । क्लबले केही हप्ता अगाडिसम्म भलभरडेमाथि आफुहरुको विश्वास रहेको बताउँदै आइरहेको थियो । तर, पछिल्ला खेलहरुमा देखिएको समस्यापछि भलभरडेलाई बर्खास्त गर्ने हो कि भन्ने चर्चा समेत चलेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।