च्याम्पियन्स लिगः विगत ६ वर्षदेखि घरेलु मैदानमा अपराजित बार्सिलोना

  • बुधबार, ११ मंसिर, २०७६
  • 6 months ago
  • खेल

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विगत ६ वर्षदेखि घरेलु मैदान क्याम्प नाउमा अपराजित गरेको छ । सोही बार्सिलोनाले आज राति जर्मन क्लब बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा विजयी भएको खण्डमा बार्सिलोनाले नकआउट चरणमा स्थान समेत पक्का गर्दैन उ समूहको विजेता समेत बन्नेछ । 

 

बार्सिलोनाले घरेलु मैदानमा सन् २०१३ को मे १ मा पराजय ब्यहोरेको थियो । सन् २०१२–१३ को सिजनमा बार्सिलोनाले क्याम्प नाउमा जर्मन क्लब बार्यन म्युनिखसँग ३–० गोलको हार व्यहोरेको थियो । तर, त्यसपछिको समय भने क्लबको लागि घरेलु मैदानको खेल सुखद् बन्दै आएको छ । 

यस अवधिमा क्लबले क्याम्प नाउमा ३४ खेल खेलेको छ जसमध्ये ३० खेलमा जित तथा ४ खेलमा बराबरी नतिजा निकालेको छ । बार्सिलोनाले एट्लेटिको मड्रिड, युभेन्ट्स, टोटनहम तथा स्लाभिया प्रागसँग मात्रै बराबरी खेलेको छ । 

 

यसबीचमा भएको खेलमा बार्सिलोनाले जम्मा १०१ गोल गरेको छ । सबैभन्दा बढी लियोनल मेसीले (३५ गोल) गरेका छन् । त्यसपछि नेयमारले १६ तथा स्वारेजले १५ गोल गरेका छन् । 

 

यी खेलमध्ये घरेलु मैदानमा बार्सिलोनाले १८ खेलमा ‘क्लिन सिट’ राखेको छ ।


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 8 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।