'बार्सिलोनासँग डराउनुपर्ने कारण नै छैन'

  • मंगलबार, १ पुष, २०७६
  • 5 months ago
  • खेल

एजेन्सी । बितेका दुई सिजन बार्सिलोनाका लागि सम्झिनयोग्य रहेन । बार्सिलोना च्याम्पियन्स लिगको दाबेदार मानिए पनि अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बितेका दुई वर्षमा खासै गतिलो नतिजा हात पार्न सकेन । 

 

यस सिजन पनि बार्सिलोनालाई च्याम्पियन्स लिगको दाबेदार क्लबका रुपमा हेरिएको छ । अन्तिम १६ को नकआउट चरणमा बार्सिलोनाले नापोलीसँग आमने सामने गर्दैछ । 

 

नापोलीले च्याम्पियन्स लिगमा गतिलो खेले देखाए पनि सिरी ए मा भने अवस्था राम्रो रहेको छ्रैन । हालै नियुक्त भएका प्रशिक्षक गेनारो गाटुसोलाई पनि नापोलीको खेल सुधारका लागि कडा मेहनत गर्नुपर्ने देखिएको छ ।

उनले नापोलीको मनोवबल उच्च बनाउन च्याम्पियन्स लिगमा हुने प्रतिस्पर्धाको लागि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,‘बार्सिलोनासँग डराउने कारण नै छैन । बार्सिलोना हाम्रो लागि कठिन प्रतिस्पर्धी हो । रोमाञ्चक खेलेका अपेक्षा मैले गरेको छु । हामीले बार्सिलोनासँग नडराइकन सामना गर्नेछौँ ।’

 

बार्सिलोनालाई सन् २०१७–१८ को च्याम्पियन्स लिगमा रोमाले पाखा लगाएको थियो भने सन् २०१८–१९ को च्याम्पियन्स लिगमा लिभरपुलले नमिठो झट्का दिएको थियो । यस सिजन पनि च्याम्पियन्स लिगमा विगतकै नियती दोहोराउने भने प्रशिक्षक अरनेष्टो भलभरडेको जागिर धरापमा पर्ने पक्का जस्तै देखिएको छ । 

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।