Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप क्रिकेटको ‘लाइभ अपडेट’ हाम्रो पात्रोमा हेर्न सकिने

एसिया कप क्रिकेटको ‘लाइभ अपडेट’ हाम्रो पात्रोमा हेर्न सकिने


काठमाडौँ। आजदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ। नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो।

हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ स्कोर देख्न सकिने हाम्रो पात्रोकी सेल्स एण्ड मार्केटिङ हेड सुजाता गौतमले जानकारी दिइन्। यसका लागि एसियन क्रिकेट काउन्सिलको एपीआई प्रयोग गरिएको कम्पनीले जनाएको छ।

यो सुविधा प्रारम्भिक लन्चको लागि एन्ड्रोइड एपमा उपलब्ध हुने बताइएको छ। साथै क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हे प्रयोगकर्ताहरूले हाम्रो पात्रो एप अपडेट गर्नुपर्ने छ।

बुधवार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एक दिवसीय क्रिकेटमा विश्वकै पहिलो वरीयतामा रहेको पाकिस्तानको सामना गर्दैछ ।

पाकिस्तान र श्रीलङ्कामा गरी दुई देशमा हुने यो प्रतियोगितामा नेपालको समूह चरणको अर्को खेल आउँदो सोमबार भारतसँग रहेको छ । फाइनल भने आउँदो ३१ भदौमा हुनेछ ।

हाम्रो पात्रोकै एपमा क्रिकेट खेलको लाइभ स्कोर हेर्ने सुविधाले प्रयोगकर्तालाई थप सहज हुने कम्पनीको विश्वास छ । यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा समेत हाम्रो पात्रोले स्कोरको लाइभ अपडेट दिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

Techie IT