IIMS College

ISMT

HUB Education

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिएका छन् ।

 

अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ (क) का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा उनले सो निर्देशन दिएका ुहन् । 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इञ्चार्जसमेत रहेका सांसद बस्नेतले भने, “आगामी मङ्सिर १४ गतेको उपनिर्वाचनसम्म युवा गाउँगाउँमा परिचालन हुनुस्, गाउँमा मतदातालाई पैसा बाँडेर वा उपहार दिएर भोट किन्न कोही आउँछन् भने त्यो पैसा कब्जा गर्नुस्, कब्जा गरिएका पैसा त्यही ठाउँको विकासमा लगाउँला, कसैले कानून हातमा लियो भन्छ भने जे पर्छ हामी व्यहोर्छौं ।”

 

विगतको निर्वाचनका समयमा केही राजनीतिक दलले पैसामा जनतालाई किन्ने प्रयास गरेको चर्चा गर्दै उनले आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन सकिन्छ कि भन्ने दिवासपना नदेख्न विपक्षीलाई आग्रह गरे। 

 

सांसद बस्नेतले भने, “जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्ने जमना अब सकियो, अबको चुनावमा सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुन्छ, सूर्य अस्ताएपछि बन्द हुन्छ । तर केही राजनीतिक दलको अभियान सूर्य अस्ताएपछि शुरु हुन्छ, सूर्य अस्ताएपछि अँध्यारोमा शुरु हुने अभियानलाई निस्तेज पार्नैपर्छ ।”

 

आजदेखि मतगणना नसकिएसम्म निर्वाचनको सुरक्षाको जिम्मा युवा र विद्यार्थीको काँधमा रहेको उल्लेख गर्दै उनले चुनावलाई प्रभावित पार्ने गलत कार्यलाई रोक्न आजैदेखि लाग्न र नेकपाको पक्षमा पहरेदार भएर उभिन पनि निर्देशन दिए । 

 

कार्यक्रममा नेकपा भक्तपुरका इञ्चार्ज दिलीप प्रजापति, सहइञ्चार्ज तथा चाँगुनारायण नगरपाकिालका प्रमुख सोम मिश्र, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, उम्मेदवार डिपी ढकाल, राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका संयोजक ऐन महरलगायतले उपनिर्वाचन नेकपाको पक्षमा हुने दाबी गरे ।


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 3 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 3 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 3 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।