आरामदायी निन्द्राको लागि वास्तुका यी कुरामा ध्यान दिनुहोस्

Education Park

काठमाडौँ । दैनिक जीवनमा खाना, पानी, आवासका साथै निन्द्राको पनि उत्तिकै महत्व हुन्छ । मानिसले आफ्नो जीवनले करिब एक तिहाई भाग सुतेर नै बिताउँछन् । तर, यदि व्यक्तिलाई निन्द्रा लागेन भने उ अस्वस्थ हुन्छ । आरामदायी निन्द्राको अभाव भएमा उसको सोचाई, काम गराई एवं निर्णय क्षमतामा बिचलन आउनेछ । अर्काेतर्फ आरामदायी निन्द्राले हामीलाई स्वस्थ र सुखी जीवन जिउन सहयोग गर्छ ।

 

वास्तु अनुसार हाम्रो वरपर निरन्तर सकारात्मक र नकारात्मक उर्जाको प्रभाव निरन्तर भईरहेको हुन्छ । वास्तु अनुसार शयन कक्ष र शिराने राखेको दिशा ले उसको आरामदायी निन्द्रा एवं स्वस्थ जीवनमा प्रभाव पारेको हुन्छ । 

 

वास्तुशास्त्रले हाम्रो सहज एवं आनन्ददायी निन्द्राका लागि महत्वपूर्ण दिशा निर्देश गरेको हुन्छ । अहिलेको समयमा हेर्ने हो भने धेरै मानिसहरु आरामदायी निन्द्र्राको अभावमा पीडित बन्न पुगेका छन । धेरै ठूलो घर अनेकांै सुख सुविधा भएपनि मानिसहरु राम्ररी निदाउन सकेका छैनन् । जसको परिणाम स्वरुप मानिसमा डिप्रेसन लगायत अन्य गम्भीर शारिरिक तथा मानसिक समस्या देखिएका छन । यस्तो अवस्थामा वास्तुका केहि सामान्य मान्यताहरु लाई व्यवहारमा लागू गर्न सके स्वस्थ र आरामदायी निन्द्राका लागि सहयोग पुग्नेछ । 

 

वास्तु अनुसार हाम्रो शिरानेको दिशा र सुताईको अवस्थाले महत्वपूर्ण असर पुर्याएको हुन्छ । गलत दिशातर्फ शिराने भएमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु देखा पर्दछन । वास्तु अनुसार आरामदायी निन्द्राका लागि सिराने पूर्व तिर राखिनुपर्छ । पुर्वतिर सिराने राख्न नमिल्ने अवस्था भएमा दक्षिण तर्फ पनि शुभ नै मानिन्छ । जुन व्यक्ति पूर्व वा दक्षिण सिराने पारेर सुत्छ उसले सकारात्मक उर्जा प्राप्त गर्दछ । उसको सुतेको अवधिमा रक्तसञ्चार प्रक्रिया प्रभावकारी रहन्छ । यसबाट निन्द्रा त सुखद बन्छ नै विहान ओछ्यानमा बिउँझदा समेत आफुलाई स्वस्थ र हलुका महशुस हुन्छ । 

 

ओछ्यानमा व्यक्तिले कदापी पनि सिराने उत्तरतर्फ बनाउनु हँुदैन । पृथ्वीको उत्तर र उत्तर पश्चिम दिशा तर्फ कडा चुम्बकिय क्षेत्र रहेको हुन्छ । उत्तरी क्षेत्रबाट कडा चुम्बकिय किरणहरु को निरन्तर प्रवाह भई रहेको हुन्छ । व्यक्तिको उत्तर तर्फको भाग शिर र पृथ्वीको चुम्बकीय शक्ति बिच टकराव उत्पन्न हुन सक्छ । यसले व्यक्तिको शारिरिक तथा मानसिक स्वास्थमा बिचलन ल्याउँछ । विशेष गरि राती निन्द्रा नलाग्ने, ऐठन हुने, निन्द्रामा बर्बराउने, डरलाग्दो सपना देख्ने एवं गहिरो निन्द्रा नपर्ने समस्या देखिन सक्छ । रक्तसञ्चारमा समस्या भई उच्च वा न्युन रक्तचापको समस्या देखिन सक्छ । कोलेष्ट्रोल बढेर गम्भिर स्वास्थ्य समस्या देखिनेछ । 

 

वास्तु अनुसार दक्षिण पश्चिम दिशालाई शक्तिशाली दिशा मानिन्छ । उत्तर पूर्व बाट आएको सकारात्मक उर्जा यहि दिशामा संग्रह भएको हुन्छ । घरमूलीहरु ले यहि दिशा तर्फ शयन कोठा बनाउुन शुभ हुन्छ । यस स्थान मा शयन कक्ष भएमा घरका हरेक पक्षमा नियन्त्रण रहन सक्छ । आईपरेका चुनौतीहरुको डटेर सामना गर्नै उत्साह भई रहन्छ । नव विवाहित दम्पतीका लागि घरको दक्षिण पश्चम दिशा तर्फ हुनु उत्तम हुन्छ । उत्तर पुर्व र दक्षिण पूर्व तर्फ कदापी अन्यथा गर्भ रहन समस्या एवं गर्भ खेर जाने सम्भावना बढि हुन्छ । पतीपत्नीले दक्षिण दिशा तर्फ सिराने पारेर शयन गरेमा स्वस्थ, सुखी र सकारात्मक सम्बन्ध कायम हुन्छ । वास्तु अनुसार व्यक्तिले निम्न दिशा तर्फ सिराने पारेर शयन गर्दा निम्न परिणाम देखिन्छ । 

 

उत्तर तर्फ – स्वास्थ्य र धनको नाश 

दक्षिण तर्फ – सुख, शान्ती र समृद्धि बढ्छ ।  

पश्चिम तर्फ – चिन्ता, अल्छि र भद्दा शरिर 

पूर्व तर्फ – सुख, शान्ती र समृद्धि 

 

हाम्रा धेरै नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको आफ्नो घर छैन । अरुको घरमा भाडामा बस्दा वास्तु अनुसार सबै कुरा लागु गर्न सम्भव नहोला । त्यसैगरि बिदेशमा कामदारका रुपमा रहनु हुने दाजुभाई तथा दिदी बहिनीहरु जहाँ एउटै कोठा वा हलमा सबै खादिएर सुत्नु पर्ने हुन सक्छ । तर पनि धेरै कुरा लागु गर्न नसकेपनि कमसेकम उत्तर तर्फ सिराने नपार्नु उत्तम हुनेछ । 

 

हाम्रो शरिरमा सकारात्मक उर्जा प्रवाह र आरामदायी निन्द्राका लागि वास्तु अनुसार यस्ता  प्राकृतिक कुराहरु लाई ख्याल गरि दैनिक जिवनमा लागू गर्न सके हामी सँग नकारात्मक उर्जा लाई प्रतिरोध गर्ने र सकारात्मक उर्जा ग्रहण गर्न सक्ने क्षमताको विकास हुन्छ । अनि निन्द्रा आरामदायी हुनुका साथै हाम्रो शारिरिक तथा मानसिक स्वास्थ्य पनि सवल रहन्छ । 

 


थप समाचार

लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

  • 39 seconds ago
लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

एजेन्सी । बलोन डी’ओर विजेता खेलाडी लुका मोड्रिचलाई इटालियन क्लब एसी मिलानले भित्र्याउने चाहना राखेको छ । रियल मड्रिडबाट गत सिजन राम्रो खेल प्रदर्शन गर्न नसकेका मोड्रिचलाई रियलले पनि अन्य पठाउने चाहना

बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

  • 7 minutes ago
बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

  • 13 minutes ago
'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले बुधबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गौतम बुद्धका मूर्तिहरूमाथि भएको तोडफोडो भर्त्सना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्या



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।