IIMS College

ISMT

HUB Education

२ जुनमा लण्डनमा चौंथो वातावरण साहित्य गोष्ठी हुँदै

  • आइतबार, २९ बैशाख, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

-विजय हितान

 

लण्डन । आउँदो जुन महिनाको २ तारिख आईतबार लण्डनमा चौंथो वातावरण साहित्य गोष्ठी आयोजना हुँदैछ । 

 

साउथ ईष्ट लण्डनको व्ल्वीचमा हुने कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत एवम वरिष्ठ साहित्यकार डा दुर्गाबहादुर सुवेदी रहनेछन् । 

 

त्यसअवसरमा बेल्पाली ( बेलायतका नेपाली ) साहित्यकारहरु वासु शर्माको ’पोखियो मन छताछुल्ल’ (गजलसंग्रह )  र प्रतिमा केसीको ’पानीको विद्रोह’ (कवितासंग्रह ) विमोचन गरिने कार्यक्रमपनि छ । 

 

बेल्पाली साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा लण्डनमा हुन लागेको वातावरण साहित्य गोष्ठी यसपटक चौथो श्रृङ्खला हो ।

 

नेपाली साहित्य विकास परिषद, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रीय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ साउथ यूके, विश्व नेपाली साहित्य महासंघ वेष्ट यूके, साहित्य चौतारी यूके, साहित्य सङ्गम यूके, समकालीन साहित्य प्रतिष्ठान, विश्व नेपाली प्रज्ञा प्रतिष्ठान, एनआरएन भाषा साहित्य विभाग, साहित्य सङ्गालो, प्रवासी नेपाली साहित्य समाज र नेपाली प्रतिभा प्रतिष्ठान आयोजक संस्थाको रुपमा आबद्ध छन् ।

 

त्यसैगरी, बिएफबिएस् गोर्खा रेडियो, रेडियो बिजिडब्लुएस, एभरेष्ट टाइम्स र नेपालीपत्रले मिडिया पार्टनरको भूमिका निभाउनेछन् ।

 

विभिन्न साहित्यिक संस्थाहरु मिलेर सन् २०१६ देखि विश्व वातावरण दिवसलाई पारेर बेलायतमा वातावरण साहित्य गोष्ठीको आयोजना हुँदै आएको छ । विश्व वातावरण दिवस हरेक वर्षको जुन ५ का दिन मनाइन्छ । संयुक्त राष्ट्रसंघले संयोजन गर्ने यस दिवसको यस वर्षको नारा ’वायु प्रदुषण’ रहेको छ भने आयोजक राष्ट्र चीन छ ।  

 

विश्व वातावरण दिनदिनै प्रदुषित हुँदै गइरहेको छ । जैविक विविधतामा ह्रास आउँदैछ । जलवायु परिवर्तनको नकारात्मक असर वन्यजन्तु तथा वनस्पतिमा अपरिवर्तनीय तरिकाले पर्दैछ जसले मानवीय अस्तित्वमा नै प्रश्न चिन्ह खडा गरिदिएको छ । यी सबैका प्रमुख कारक मानवीय गतिविधिहरु हुन् भनेर वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । तसर्थ वातावरण संरक्षण, सम्बर्द्धन र सुधारमा साहित्यकारहरुको पनि प्रमुख भूमिका हुन्छ भन्ने जनचेतना फैलाउन यो कार्यक्रम गरिँदै आएको छ ।

 

नेपाली राजदूतावासको नेतृत्वमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गठित विभिन्न उपसमितिमा साहित्यिक समिति पनि एक हो । यस गोष्ठीले नेपाल भ्रमण वर्षलाइ प्रबर्द्धन गर्नमा पनि मद्दत पुग्ने आयोजकहरुको विश्वास छ ।   

 

कार्यक्रममा स्रष्टाहरुका वातावरणसम्बन्धी 'ईको' सिर्जना वाचन हुनेछन् । कार्यक्रममा आफ्ना सिर्जनाहरु वाचन गर्न ईच्छुक सबै स्रष्टाहरुलाई सहभागिताको लागि आव्हान गरिएको छ । 

 


थप समाचार

वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

  • 20 minutes ago
वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।

अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

  • 24 minutes ago
अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारको लागि अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गर्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

  • 25 minutes ago
महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस सम



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।