यहाँ नुहाउनाले मिल्छ दुष्ट आत्माबाट छुटकारा
- बिहीबार, २० मंसिर, २०७५
- 2 months ago
- विचित्र विश्व

पोर्ट ओ प्रिन्स । हरेक देशमा मानिसहरु आफ्नो धर्म अनुसार रिति–रिवाज, परम्परा र मान्यतालाई मान्छन् । आज हामी तपाईलाई एक जादुमयी झरनाको बारेमा बताउन जाँदै छौँ ।
उत्तरी अमेरिकाको हाइटि मा एक यस्तो जादुमयी झरना छ जहाँ हरेक वर्ष हजारौंको सङ्ख्यामा भुडु जातिका भक्त नुहाउन आँउछन् । यो झरना देशको राजधानी पोर्ट ओ प्रिन्सबाट १५० माइल दुरीमा रहेको छ ।
यहाँ अचम्मको समारोहको आयोजना गरिन्छ जसमा मानिसहरु यस झरनाको पानीलाई पवित्र मान्छन् र पूर्णतःनिवस्त्र भएर नुहाँउछन् । यहाँ निवस्त्र नुहाउनाले मानिसहरुले दुष्ट आत्मा र गम्भिर रोगबाट पनि छ्टकारा मिल्छ भन्ने विश्वास छ । यसैगरी महिलाहरु बच्चा पाउने आकांंक्षाले यो झरनामा आँउछन् ।
यहाँ आउने मध्ये केही गरिब परिवारले भनेका छन् कि यहाँ घन्टौं बसेर मानिसहरु आफ्नो कपडा खोलेर आकाशमा फ्याँक्छन । यसलाई उनीहरुले बितेको समयको प्रतिककको रुपमा लिन्छन् ।
एक मान्यताअनुसार सन् १८४७मा एरजुली डेन्टर नामक एक भुडु देवी एक रुखमा अवतरित भएकी थिइन् । उनलाई सुन्दरता र प्रेमकी देवी मानिन्छ । यहाँ उनले आफ्नो जादुको माध्यमबाट धेरै मानिसहरुको रोग र कष्टहरु निको बनाएकी थिइन् ।
तर, एक क्याथोलिक पादरीलाई यो कुरा मन परेन र उनले उक्त रुखलाई काट्न आदेश दिए । त्यसपछि स्थानिय मानिसहरुले यस ठाँउमा देवीको मुर्ति बनाए । भुडुको समारोहको दिन यहाँ मुर्तिको अगाडी रक्सी जस्तो पेय क्लेरेक र खाना चढाइन्छ ।
थप समाचार
१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने
- 11 minutes ago

उक्त कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए ।
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास
- 18 minutes ago

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ
- 30 minutes ago
सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?
विचित्र विश्व
यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।