Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनआईसी एशिया बैंकको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

एनआईसी एशिया बैंकको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक


काठमाडौँ। एनआईसी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।

बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब उक्त डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ उक्त डिभाइसको सुरुवात गरेको बताएको छ।

बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्ने जनाएको छ।

नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा ल्याएको डिभाइसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुने बैंकले जनाएको छ। यस्तै निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी भएको बैंकले जनाएको छ।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर मर्चेन्ट र ग्राहक बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वस बैंकले लिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT