Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलमेसीले जिते फिफा द वेस्ट अवार्ड

मेसीले जिते फिफा द वेस्ट अवार्ड


काठमाडौँ । स्टार खेलाडी लियोनल मेसीले फिफा बेस्ट अवार्ड जितेका छन् ।

एमएलएस क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर अर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । त्यस्तै, पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । ‍मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए।

सिटीका इडरसन उत्कृष्ट गोलकिपर घोषित हुँदा रियल म्याड्रिडका थिबाउट कोर्तोवा दोस्रो र अल हिलालका यासिन बोनौ तेस्रो बने ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन् ।
सिटीले २०२२–२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल गरेको थियो।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकबाट प्राप्त भोटको आधारमा विजेता घोषणा गरिएको हो । प्रत्येक क्षेत्रका लागि २५ प्रतिशत भोट मानिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…

काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा

Techie IT