ISMT

HUB Education

बेगनासतालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनामध्ये चार जनाको शव फेला

  • आइतबार, २४ भदौ, २०७५
  • 11 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

पोखरा, २४ भदौ । शनिबार बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनामध्ये चार जनाको शव फेला परेको छ । 

 

आइतबार बिहान देखि नै खोजी कार्य सुरु भएको उक्त खोजी कार्य अझै जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरुले बिहान देखि नै खोजी गरेका थिए । खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारको गोटाखोर टोली पनि खोजीका लागि आएको कास्की प्रहरी बसन्त पुनले जानकारी दिए ।

 

पोखरा ३१ बेगनास गाउँ जान १० जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको थियो । प्रहरीका अनुसार नवलपरासीका ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, १७ वर्षिय मनिषा बजगाईको शव प्रहरीले फेला पारेको हो । 

 

४ वर्षिय रन्जित गैह्रे र ५ वर्षिय प्राचिन पौडेल तालमा वेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको पुनले बताए । रवि खनाल नेपाली सेनाका प्युठ हुन् ।

 

दुर्घटनामा परि पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेंल,  र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेंल (गैह्रे) को मृत्यु भएको थियो । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार भएको थियो । अर्को डुंगामा एक्लै गएका कमल कडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उद्दार टोलीले उद्दार गरेको थियो ।

 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।