बेहुलालाई सरप्राइज दिन खोज्दा...

Education Park

काठमाडौं । जोसुकैले पनि आफ्नो विवाहलाई आफ्नो जीवनकै अमूल्य र सुखद् अविश्मरणीय क्षण बनोस रहोस भन्ने चाहन्छ । विवाहलाई विशेष बनाउनको लागि सबै खालको प्रयास हुनेगर्छ । तर, सुखद् क्षणको आशाले गरिएको त्यस्तो प्रयास अप्रत्याशित रुपमा दुःखद् बन्ला भन्ने कमैले मात्रै अनुमान गरेका हुन्छन् । 

 

त्यस्तै भयो ब्राजिलकी एक युवतीलाई । आफ्नो विवाहलाई अविस्मरणीय बनाउने सपना सजाएकी थिइन् उनले । 

 

ब्राजिलकी ३२ वर्षीय युवती रोजमेरी नासिमेन्तो सिल्भा पेशाले नर्स थिइन् । उनी आफूले सँगै जिन्दगी बिताउन लागेका प्रेमीलाई विवाहको दिन  विशेष खालको सरप्राइज दिन चाहन्थिन् तर के थाहा उनलाई नियतिले ठग्छ भन्ने कुरा ।

 

उनले बेहुला ३४ वर्षिय युडिर्ले नारक्र्वेस डामासेनोकोलाई सरप्राइज दिनको लागि विवाहस्थलसम्म हेलिकप्टरमा आउने तयारी गरेकी थिइन् । विवाहस्थलमा हेलिकप्टरमा जाँदा सबैको ध्यान खिच्न सकिन्छ भन्ने पनि उनलाई लागेको हुँदो हो ।

 

उनको विवाहका योजनाकार कार्लोस एडुवार्डो बाटिस्टाले बताए अनुसार रोजमेरीले आफ्नो विवाह परीको कथा जस्तै होस भन्ने चाहेकी थिइन । त्यसैले उनीहरुले बेहुलीलाई विवाहस्थलसम्म हेलिकप्टरमा लैजाने योजना बनाएका थिए ।

 

सबै तयारी गरेर दुलहीलाई हेलिकप्टरमा चढाइयो । उनीसँगै उनका भाई, ६ महिनाकी गर्भवति फोटोग्राफर पनि हेलिकप्टर चढिन् । 

 

दुलहीलाई लिएर उडेको हेलिकप्टर ४ बजे विवाहस्थलमा पुग्नुपर्ने थियो । तर, न दुलही आउछिन् न हेलिकप्टर । बेहुलासहित ३०० जना पाहुनाहरु निकै रमाइलो माहौलमा बेहुलीलाई पर्खिरहेका थिए ।

 

तर, बेहुली चढेको हेलिकप्टर भने बीचमै दुर्घटनामा परिसकेको थियो । हेलिकप्टरमा रहेका पाइलट सहित सबैको दुर्घटनामा मृत्यु भयो । जब बेहुला पक्षले हेलिकप्टर दुर्घटनामा दुहलीको मृत्यु भएको खबर सुने उनीहरु सबै छाँगाबाट खसेजस्तै भए । विवाह मण्डपमा एकछिन सन्नाटा छायो । अनि सबै रुन थाले ।

 

एक प्रत्यक्षदर्शीले बताए अनुसार हेलिकप्टर दुर्घटना हुनभन्दा पहिले ल्यान्ड गर्न खोजेजस्तो गरी घुमेको थियो । हेलिकप्टर विवाहस्थल भन्दा केही माइल नजिकै जंगलमा दुर्घटनामा परेको थियो ।

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 30 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 33 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 41 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।