बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन् ।

 

युरोपेली अधिकांश मुलुकले बिआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन् । यो अभियानले एसियालाई युरोपसँग सडक र रेलमार्गले जोड्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकाँक्षी योजनाका रुपमा रहेको बिआरआईमा चीन बढी हाबी भएको भन्दै पश्चिमा राष्ट्रले आशंका व्यक्त गरिरहेका छन् ।

 

फ्रान्स र जर्मनीले भने विदेशी फर्महरुलाई प्रतिस्पर्धी वातावरण तयार गर्न चीन अग्रसर हुनुपर्ने शर्त अघि सारिरहेका छन् ।

 

युरोपेली कतिपय मुलुकहरुले इटालीलाई बिआरआईमा सम्झौता गर्नुअघि सोच विचार गर्न आग्रह गरे पनि इटालीले गत मार्चमा चीनको यस बिआरआईमा सहभागी हुने सम्झौता गरिसकेको छ । 

 

मन्त्री अल्टमायरले जर्मनी, फ्रान्स, स्पेन र बेलायतले बेइजिङमा आयोजित बिआरआई सम्मेलनमा सहभागिता जनाएको बताए । उनले बिआरआईमा सहभागी हुँदा युरोपका ठूला मुलुकहरुले सामूहिक रुपमा मात्र गर्न सक्ने स्पष्ट गरे ।

 

मन्त्री अल्टमायरले चिनियाँ राष्ट्रपतिको भनाईबाट आफूहरु निकै उत्साहित रहेको बताए । बिआरआईले स्वतन्त्र व्यापार, बहुपक्षीयता र दिगोपन सहितको विकासलाई जोड दिएको छ ।

 

अल्टमायरले भने – चीन एउटा साझेदार र प्रतिस्पर्धी मुलुक पनि हो, त्यसैले युरोपेली मुलुकहरुले आफ्ना सरोकारका विषयलाई परिभाषित गर्नु आवश्यक छ ।

 


थप समाचार

बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • 1 hour ago
बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भ

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 10 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 10 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।