विश्वकप जित्ने दाउमा बेल्जियम, यस्तो छ नालीबेली

  • आइतबार, १३ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

बेल्जियमः यसपटक बेल्जियमलाई पनि विश्वकप दाबेदारको रुपमा लिइएको छ । फुटबल विश्लेषकहरु बताउँछन् स्टाइकर, मिडफिल्डर्स तथा स्टाइकरहरु सबै फर्ममा रहेका छन् ।

 

सन् २०१४ को विश्वकपमा अर्जेन्टिनासँग पराजित हुँदै बेल्जियम बाहिरिएको थियो । तर, यसपटक भने फाइनलसम्म पुग्ने लक्ष्य लिएको बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् । सह प्रशिक्षक थिएरी हेनरी पनि बेल्जियमले यसपटकको विश्वकपमा राम्रै नतिजा ल्याउने बताएका छन् ।

 

ग्रुप जीमा बेल्जियमले इंल्याण्ड, पनामा, ट्युनिसियासँग आमनेसामने गर्नेछ । 

 

विश्वकप इतिहास

 

विश्वकपमा उपस्थितिः १२ पटक

 

पछिल्लो विश्वकपः क्वाटरफाइनल २०१४

 

रोस्टर

 

बेल्जियमले विश्वकपका लागि अन्तिम २३ खेलाडीको छनोट प्रक्रिया पुरा गरेको छ । विश्वकपको लागि बलियो टोली मानिएको बेल्जियमले यस पटकको विश्वकपमा नयाँ छलाङ मार्ने विश्वास लिइएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले फिट एण्ड फाइनल खेलाडी छनोट गरेको बताएका छन् ।

 

किपरःथाइबाउट कोर्टोउवा, सिमोन मिङ्नोलेट, माट्ज सेल्स, कोयन कास्टिल्स

 

डिफेन्डरःटोबी एल्डरवियल्र्ड, ड्याडरिक बोयन्टा, लिन्डर डेनडोन्कर, लोउरेन्ट सिमान, क्रिस्टियन काबासेले, भिन्सेन्ट कोम्पनी, जोर्डन लुकाकु, थोमास मुइनिर, थोमास भर्माइलिन, जान भर्टोगेन

 

मिडफिल्डरःयानिस कारास्को, केभिन डी ब्रुयना, नासिर केहिल, मोउसा डेम्बेले, मारुयान फेलानी, इडेन हाजार्ड, थोर्गान हाजार्ड, आडनान जानुजा, ड्राइज मेर्टिन्स, युअरी टिलिमन्स, एक्सेल विट्सेल

 

फरवार्डः मिची बात्सुइ, क्रिस्टियन बेनटेके, रोमेलु लुकाकु ।

 

उत्कृष्ट खेलाडी

यसपटक भने दुई खेलाडी निकै चर्चामा रहने फुटबल विश्लेषकहरु बताउँछन् । केभिन डि ब्रुने र इडिन हजार्ड । म्यानचेस्टर सिटी र चेल्सीबाट खेल्दै आइरहेका यी खेलाडीहरु उच्च फर्ममा रहेका छन् । सिटीलाई प्रिमियर लिग उपाधि जिताउन प्रमुख भुमिका खेलेका डि ब्रुनेले विश्वकप उपाधिका लागि पनि महत्वपुर्ण भुमिका खेल्ने अनुमान गरिएको छ । चेल्सीलाई एफए कपको उपाधि जिताउ सकेका इडिन हजार्ड उच्च फर्ममा रहेका छन् । 

 

हेर्न लायकका खेलाडी

 

यो पटकको विश्वकपमा को स्टाइकरले कस्तो खेल प्रदर्शन गर्ने हो सबैको चासोको विषय बनेको छ । इडिन हजार्ड, लुकाकु र क्रिस्टियन बेनटेके र मिची बात्सुइ जस्ता खेलाडीहरु रहेका छन् । प्रशिक्षकको रोजाइमा को खेलाडी पर्छन् त्यो भने सबैको चासोको विषय बनेको छ । 

 

आउट लुक

 

चर्चित खेलाडीहरु भएर पनि विश्वकपमा बारम्बार चुक्ने गरेको टोलीको बेल्जियम । यसपटकको विश्वकपमा भने बेल्जियमले आफुमाथि लागेको दाग हटाउने बेला आएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि पनि त्यत्तिकै दबाब रहेको छ । 

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 2 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 2 hours ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 3 hours ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।