मैत्रिपूर्ण खेलमा बेल्जियम र पोर्चुगलले बराबरी खेले

  • आइतबार, २० जेष्ठ, २०७५
  • 7 months ago
  • खेल

काठमाडौं । विश्वकपको तयारी स्वरुप खेलिएको बेल्जियम र पोर्चुगलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । शनिबार राति बेल्जीयममा सम्पन्न खेलमा दुबै टोलीले ३–३ वटा गोल गर्ने अवसर पाए पनि खेल फाल्दा खेल गोलरहित बराबरीमा सकिएको हो । 

 

उता स्विडेन र डेनामार्कले पनि गोलरहित बराबरी खेलेका छन् । खेलमास्विडेनले डेनमार्कलाई केही दवावमा राखे पनि गोल गर्ने अवसर भने पाएन । स्विडेनको कुनै पनि प्रहारले  गोलको लागि दिशा लिन सकेन । तर दवावमा रहेको डेनमार्कले भने ३ पटक गोल गर्ने अवसर पाएको थियो ।

 

त्यस्तै, अन्य खेलहरुमा आइसल्याण्ड नर्वेसँग ३–२ गोलले पराजित भएको छ । भने आइतबार बिहान सम्पन्न खेलमा मेक्सीकोले स्कटल्याण्डलाई १–० गोलले पराजित गरेको छ । मेक्सीकोको लागि खेलको १३ औं मिनेटमा जियोभानी डस सान्तोषले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

 

 


थप समाचार

नाता पर्ने बालिकालाई बलात्कार गर्ने सार्वजनिक

  • 40 seconds ago
नाता पर्ने बालिकालाई बलात्कार गर्ने सार्वजनिक

बाजुरा । एक बालिकालाई बलात्कार गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

म्याग्दीकाे मालढुङ्गामा बस दुर्घटना, तीनजनाकाे मृत्यु

  • 9 minutes ago
म्याग्दीकाे मालढुङ्गामा बस दुर्घटना, तीनजनाकाे मृत्यु

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

विदेश पनि निर्यात हुन थाल्याे टिमुरकाे तेल

  • 15 minutes ago
विदेश पनि निर्यात हुन थाल्याे टिमुरकाे तेल

सल्यान । सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ ।



जीवनशैली/स्वास्थ्य

किसमिस खानुका यस्ता अचुक फाइदा !

किसमिस खानुका यस्ता अचुक फाइदा !

काठमाडौं । किसमिस स्वास्थ्यका लागि लाभदायक छ । जाडोमा किसमिस खाएर विभिन्न रोगबाट बच्न सकिन्छ । यसका आइरन, पोटासियम, क्याल्सियम लगाएत तत्वका साथै फाइवर पनि प्रसस्त मात्रामा पाइन्छ ।