Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘काभ्रे फेस्ट सिजन ४’को अडिसन जेष्ठ २७ गते हुने

‘काभ्रे फेस्ट सिजन ४’को अडिसन जेष्ठ २७ गते हुने


काभ्रेपलान्चोक। विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ हुने भएको छ। बनेपाको रोयल लाउन्ज बारमा यहीँ आउदो जेष्ठ २७ गते अडिसन हुन लागेको हो।

मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा पहिलो चरणको अडिसन २७ गते रोयल लन्च ७ बारमा हुने भएको छ। उक्त अडिसनमा इक्छुक युवा युवतीहरुलाई यथासिघ्र फारम भरि अडिसनमा आउनको लागि आयोजक टिमले आह्वाहन गरेको छ। ३० जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम एल एण्ड एन मोडल एजेन्सी ले आयोजना गर्न लागिएको हो।

आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा ‘काभ्रे फेस्ट सिजन ४’ एउटा सुनौलो अवसर रहेको छ।

काभ्रे फेस्ट प्रतियोगितामा सहभागि हुन एक हजार रुपैयाको फारम शुल्क राखिएको काभ्रे फेस्ट प्रतियोगिताका निर्देशक नितिन कायस्थले जानकारी दिए। कायस्थले भने हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौँ। जहाँ हामी तपाईहरुलाई मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहने बताए।

काभ्रे फेस्ट प्रतियोगितामा युवा युवतीहरुलाई लक्षित गरि मोडल पर्सनालिटीको प्रतिस्पर्धा गराइन्छ। जहा बिबाहित अबिबाहित महिला पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ। प्रतियोगिताको अन्तिम चरण बनेपामा गरिने निर्देशक नितिन कायस्थले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Techie IT