बेल्जियममा गोली चल्दा दुई प्रहरीसहित चारको मृत्यु

ब्रसेल्स, बेल्जियम । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी, एक बटुवा, र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको छ । 

 

अज्ञात व्यक्ति छुरा देखाई प्रहरीको हतियार खोसी गोली चलाएको थियो । जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ । आक्रमणमा एक प्रहरी घाइते भएको बताइएको छ । 

 

प्रहरीबाट प्रतिकारमा गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले बताएका छन् । 

 

स्थानीय समय अनुसार विहान १०ः३० बजे शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । 

 

आक्रमणकारीले के उद्देश्यले आक्रमण गरेको हो हामीले अहिलेसम्म केही पनि थाहा पाइसकेका छैनौँ, यसबारे अनुसन्धानपछि मात्र जानकारी गराउन सकिनेछ, लिजका दण्डाधिकारीको कार्यालयका प्रवक्ता क्याथरिन कलिगननले बताए । 


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 5 hours ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 5 hours ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 6 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।