दाङको बेलझुण्डीमा २४ करोडको रंगशाला

दाङ । दाङको बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको २४ करोड रुपैयाँ बढीको लागतमा बेलझुण्डीमा रंगशाला निर्माण शुरु गरेको हो । 

 

रंगशाला निर्माणका लागि सरकारले २४ करोड २४ लाख ४५ हजार २ सय ९० रुपैयाँ खर्च गर्न लागेको हो । रंगशालाको आज प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेका छन् ।  

 

सेन्थेटिक एथलेटिक्स ट्रयाक, फुटबल मैदान, नाली, भिआईपी प्याराफिट निर्माण, खेलाडी चेञ्जिङ्ग रुम, बैठक कक्ष, भिआईपी र मिडिया घर निर्माणसँगै साधारण प्याराफिट निर्माण हुने जनाइएको छ । रंगशाला निर्माणको ठेक्का दिवा÷एम÷ए÷ प्रतिष्ठा कन्ट्रक्सन जेभी काठमाण्डौँले प्राप्त गरेको छ । 

 

आठ महिनामा निर्माण सम्पन्न गर्ने भनिए पनि मंसिर १५ गतेभित्र सबै काम सम्पन्न गर्ने गरी काम सुरु गरिएको दाङ जिल्ला खेलकुद विकास समितिले जनाएको छ । रंगशालाको शिलान्यास गर्दै सभामुख महराले दाङलाई खेलकुदको केन्द्रका रुपमा बिकासको प्रक्रिया अघि बढेको बताए ।

 

यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले आउदो मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरू रहेको भन्दै शिलान्यास गरिएको रंगशालामा प्रतियोगिताको समापन कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।


थप समाचार

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

  • 6 minutes ago
ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

सुन र चाँदीको मूल्य स्थिर

  • 40 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 48 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।