भोकभोकै मर्न थाले गाईबस्तु

  • बिहीबार, २७ चैत, २०७६
  • 1 month ago
  • अर्थ

बेनी । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन् ।

 

बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि गाईगोरू रोग र भोकले मर्न थालेका हुन् । बेनीको हाँडेभिर, खुलामञ्च, हुलाकचोक लगायतका सडकमा छाडा अवस्थामा रहेका एक दर्जनभन्दा बढि गाईबस्तु खानेकुरा नपाएपछि दुई सातादेखि भोकभोकै छन् । तीमध्ये तीनवटा पशु मरिसकेका छन् भने अन्य पशुहरुपनि खानाको अभावमा छटपटाइरहेको अवस्थामा पुगेका स्थानीयवासीले बताएका छन् ।  

 

मङ्गलबार एउटा गाई मृत अवस्थामा भेटियो । मृत गाईको छेउमै भर्खरको बाच्छो दुध खोजिरहेको थियो । मृत गाईलाई स्काभेटरले पुर्दै गर्दा बेनीबजारको हुलाकचोकमा पनि एउटा गोरु भोकले छटपटाइरहेको अवस्थामा सडकमै पल्टिएको थियो । बुधबार पनि बेनीको खुलामञ्च नजिकै अर्को एउटा गाई पनि खान नपाएर मरेको अवस्थामा भेटियो । गाईगोरु मात्रै होइन, यतिबेला बेनी बजारका सडकमा दुई सातादेखि खाना नपाएका पशुचौपायाको बिजोग छ ।

 

विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमले बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थामा देखिन्छन् । बेनीबजार तथा आसपासका चोकगल्लीमा भेटिने पशुचौपाया लामो समयदेखि भोकभोकै छन् । १५ दिनसम्म भोकभोकै रहेका पशुचौपाया मर्न थालेपछि उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । एकसातासम्म लम्बिएको लकडाउनको अवधिमा थप क्षति हुनसक्ने भन्दै पशुचौपायालाई कम्तिमा दुईपटक खुवाउनुपर्ने केन्द्रले जनाएको छ । बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्नेतर्फ सर्तक हुनुपर्ने केन्द्रका प्राविधिकको भनाइ छ ।

 

एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढ्दै ग्एको छ । रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले छाडा पशुचौपायालाई दाना खुवाउन शुरू गरेको छ । छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गरी बेनीका केही यूवाले लकडाउनको समयमा भोकभोकै रहेका पशुचौपायालाई दानापानीको व्यवस्था गरेका हुन् । लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बेनीबजारमा रहेका छाडा पशुचौपायालाई खोजी–खोजी दाना खुवाउने कार्य शुरु भएको बताए । “मानिसको जिउने अधिकारजस्तै अन्य पशुपक्षीको पनि छ”, उनले भने, “नबोल्ने पशुपक्षी र प्राणीलाई समेत संरक्षण गर्नुपर्छ ।” 


थप समाचार

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

  • 2 minutes ago
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम  प्रस्तुत

गण्डकी । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 35 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 48 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।