बेपत्ता पत्रकार खड्काको हेलिकप्टरद्वारा खोजी

  • बुधबार, २८ कार्तिक, २०७५
  • 6 months ago
  • नेपाल

बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का (तेजु)को नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य भएको छ । 

 

गत भदौ ९ गते बूढीनन्दा माताको दर्शन गरेर घर फर्किने क्रममा छाप्रोबाट बरमाग्नेतर्फ जुत्ता–चप्पल लिन गएका पत्रकार खड्काको अवस्था अझै अज्ञात रहेको छ । बेपत्ता भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर आज बिहान सुर्खेतबाट कोल्टीमा अवतरण गर्दै थप खोजीका लागि स्थानीय नेपाली सेना, नेपाल प्रहरीलाई घटनास्थलमा पु¥याएर खोजी कार्य भइरहेको प्रजिअ चेतराज बरालले जानकारी दिए । 

 

अज्ञात रहेका खड्काको जिल्ला प्रशासन, पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन र सरोकारवालाहरुको पहलमा हेलिकप्टरबाट खोजी गर्न सम्भव भएको नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य मीनबहादुर बमले बताए । 

 

बेपत्ता भएका खड्काको खोजीका लागि गृह मन्त्रलायले रक्षा मन्त्रालयलाई हेलिकप्टरबाट खोजीका लागि पत्र पठाएर हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । खोजीमा संलग्न भएका टोलीले खाद्यान्नसमेत लिएर गएको बूढीनन्दा रेडियोका प्रबन्धक अनिल शाहीले बताउनु भयो । हेलिकप्टरले स्थानीयवासीलाई घटनास्थल पु¥याएर केही संवेदनशील स्थलहरुमा हेलिकप्टरमार्फत खोजी गर्ने बताइएको छ । 

 

करीब १५ वर्ष रेडियो नेपालको स्थानीय प्रतिनिधि भएर र ६ महीना रेडियो नेपाल सिंहदरबारमा काम गर्दै हाल रेडियो बूढीनन्दामा कार्यरत पत्रकार खड्का बेपत्ता भएको तीन महीना बितिसकेको छ । बेपत्ता खड्काको अवस्था भने अझै अज्ञात रहेको छ । 


थप समाचार

गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु गरिने

  • 35 seconds ago
गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न,  लाइटिङ र मार्किङको काम सुरु गरिने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अध

तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

  • 3 minutes ago
तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

काठमाडौं । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ ।

तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति

  • 6 minutes ago
तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।