IIMS College

ISMT

HUB Education

बर्लिनमा हुने सम्मेलनमा पुटिन सहभागी हुने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीकी चान्सलर एञ्जेला मर्केलबीच शुक्रबार कुराकानी भएको छ ।

 

टेलिफोन कुराकानीका क्रममा पुटिनले जर्मनीको राजधानी बर्लिनमा हुने लिबियासम्वन्धी सम्मेलनमा सहभागी हुन आइतबार आउने जानकारी मर्केललाई दिएका थिए ।

 

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनद्वारा जारी वक्तव्यमा दुई नेताका बीचमा अन्य विविध विषयमा पनि कुराकानी भएको उल्लेख गरिएको छ । 

 

लिबियामा जारी द्वन्द्व अन्यका लागि द्वन्द्वरत पक्षलाई वार्तामा ल्याएर राजनीतिक रुपमा समस्या समाधान गर्न सकिने विश्वास पनि उनीहरुले व्यक्त गरेका छन् । 

 

सम्मेलनमा भएको छलफलका आधारमा दस्तावेज बनाएर राखिने वक्तव्यमा उल्लेख गरिएको छ । सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

 

त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरुले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

 

वक्तव्यका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेससंग परामर्श गरेर सम्मेलनको आयोजना गरेका हुन् ।

 

“लिवियाको संकट समाधानका लागि राष्ट्रसंघीय महासचिव गुटेर्रेस, लिबियाका लागि राष्ट्रसंघीय विषेश प्रतिनिधि घस्सान सलामलाई सघाउने उद्धेश्यले नै आगामी आइतबार बर्लिनमा हुनेगरी जर्मन चान्सलर एञ्जेल मर्केलले सम्मेलनको आयोजना गर्नु भएको हो,” जर्मनी सरकारका प्रवक्ता स्टेफन सेइबेर्टले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

 


थप समाचार

चेल्सीले बार्सिलोनाका कोउटिन्होलाई अनुबन्ध गर्नसक्ने

  • 29 seconds ago
चेल्सीले बार्सिलोनाका कोउटिन्होलाई अनुबन्ध गर्नसक्ने

एजेन्सी । इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका मिडफिल्डर फिलिप्प कोउटिन्होलाई अनुबन्ध गर्ने च्छा देखाएको छ । बार्सिलोनाले सन् २०१८ मा कोउटिन्होलाई लिभरपुलबाट अनुबन्ध गरेको थियो ।

ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

  • 5 minutes ago
ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन्

रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

  • 14 minutes ago
रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पनि खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएको छ । अन्य ठूला दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले भारी पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको अवस्थामा रियलले पनि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।