ISMT

HUB Education

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • बिहीबार, ३ माघ, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ । 

 

गत शनिबार फाल्कोनउड कम्युनिटी  सेन्टरमा तमुहरूको नयाँ वर्ष फ्हो ल्होछार विभिन्न रमाईलो कार्यक्रमहरूको साथमा मनाइएको थियो । 

 

कार्यक्रममा बेक्स्ली ,केन्ट लगायत आसपासका क्षेत्रमा बस्ने तमु तथा गैरतमुहरूको उपस्थिति थियो । सहभागीमध्ये युवाहरु उल्लेख्य थिए । कार्यक्रममा लण्डन बरो अफ बेक्स्लीका मेयर ब्राइन विशप, काउन्सिलर क्रिस्टिन काटेरल, काउन्सिलर भाल क्लर्क र काउन्सिलर नाईजेल बेटको विशेष उपस्थिति रहेको थियो।

 

मेय विशपको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई बेक्स्ली नेपाली कम्युनिटीका अध्यक्ष विजय बहादुर गुरुङ, संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, वरिस्ठ उपाध्यक्ष श्रीप्रशाद गुरुङ र ल्होछार संयोजक तथा उपाध्यक्ष बिन्दु गुरुङले दीप प्रज्वलन गरि उदघाटन गरेका थिए ।

 

 

कार्यक्रममा प्रमुख अतिथि मेयर विशपले  ल्होछारमा सहभागी हुन पाउँदा आफु धेरै खुशी भएको र सो ठाउँमा धेरै भूपू गोर्खाहरुको समुदाय रहेकोमा  आफुलाई गर्व लागेको बताए ।

 

ल्होछार कार्यक्रम संयोजक श्रीमती बिन्दु गुरुङले सम्पूर्ण अतिथिहरु र सो कार्यक्रममा सहभागी हुने सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।

 

त्यसपछि मेयर बिशपको बाहुलीबाट नवनिर्वाचित साउथ ईष्ट रेजिनल तमु धिंका अध्यक्ष हिरा प्रसाद गुरुङ र उपाध्यक्ष योगेश गुरुङ,  डाइमण्ड बुद्दिष्ट सेन्टरका अध्यक्ष सुमल कुमार गुरुङ तथा तमु समाज यूकेका अध्यक्ष शिव प्रसाद गुरुङ लगायत बेक्स्ली नेपाली कम्युनिटीका सल्लाहकारहरूलाई खादा प्रदान गरिएको थियो। सम्मान कार्यक्रमपछि अध्यक्ष विजय बहादुर गुरुङले ल्होछार कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक र नैतिक सहायता दिने तथा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

 

पहिलो सत्रमा औपचारिक कार्यक्रम बेक्स्ली नेपाली समाजका महासचिव हरिश ज्ञवालीले  सञ्चालन गरेका थिए भने सल्लाहकार जनक पोखरेलले हेल्थ एण्ड सेफ्टी ब्रिफ गराएका थिए ।  

 

 

त्यसअवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुभारम्भमै विजिता गौतम र सुष्मा ढुङ्गानाले “आयो ल्होसार“  बोलको गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै तमु प्ये ल्हु संघ यूकेका लिडिङ मेम्बर मान बहादुर गुरुङ र हिरा बहादुर गुरुङको समुहले कौडा नृत्यहरू प्रस्तुत गरेको थियो ।

 

कलाकारहरू एलिसा खत्री, सरिता, विष्णु गुरुङ,मिना गुरुङ, कुल गुरुङ, क्रिष्टिना, हेबिना सेढाईं र शिवराम गुरुङले विभिन्न आकर्षक नृत्यहरू देखाएका थिए भने प्रतिष्ठा गुरुङबाट गितारको मिठो धुन तथा बासु शर्माद्वारा कविता वाचन प्रस्तुत भएको थियो ।

 

औपचारिक कार्यक्रम शुरु हुनुअघि अनौपचारिक कार्यक्रम केदार थपलियाले र साँस्कृतिक कार्यक्रम समाजका सल्लाहकार शिवराम गुरुङ बि.ई.एम. ले सञ्चालन गरेका थिए। साथै नेपालबाट आएका चर्चित लोकदोहोरी गायक सन्जय गुरुङले मीठो गीतहरु गाउंदै कार्यक्रमलाई ल्होछारमय बनाइदिएका थिए।

 

कार्यक्रममा साउथ ईष्ट रेजिनल तमुधिंका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ, सोंपाल समाजका पूर्व महासचिव जगदिश गुरुङ, बेक्स्ली नेपाली समाजका सल्लाहकार चन्द्रवीर गुरुङ, सल्लाहकार चयन्द्र गुरुङ, सल्लाहकार दिपक गौतम लगायतको सहभागिता रहेको थियो । नेपाली कक्षाका प्रिन्सिपल विजिता गौतमका साथमा स साना विद्यार्थी नानीहरूलाई अगाडि राखेर राष्ट्रिय धुनसहित उद्घाटन गरिएको ल्होछार कार्यक्रम बेलुका झण्डै १० बजे समाप्त भएको थियो। 

 

 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 2 hours ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 5 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 5 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।