बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • बुधबार, ३ असोज, २०७५
  • 8 months ago
  • युके

 

लण्डन । लण्डनको बेक्सली नेपाली समाजले हालै एक आध्यात्मिक प्रवचन तथा अन्तरक्रियाको कार्यक्रम गरेको छ ।  

 

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रवचन दिएका थिए । 

 

लण्डनको वेलिंगस्थित डानसन पार्कमा सम्पन्न कार्यक्रममा  त्यस क्षेत्रका करिब ६० जना नेपालीहरुको उपस्थिति रहेको थियो । 

 

उप्रेतीले खुशी र आनन्दका साथ जीवन जिउने कलाका विषयमा उनीहरुलाई २ घण्टा लामो प्रवचन दिएका थिए । जीवनमा खुशी र आनन्द सबैलाई आवश्यक भएपनि यसको पुर्ण प्राप्ति कसैलाई नमिलेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सरल उपायहरु सिकाएका थिए ।

 

अन्तरक्रियात्मक शैलीमा गरिएको कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासामा प्रश्नोत्तर पनि गरिएको थियो । साथै, सहभागीहरु योगक्रियामा पनि भागलिएका थिए । 

 

कार्यक्रममा प्रवचन दिने उप्रेती विगत १८ वर्षदेखि आर्ट अफ लिभिङमा आबद्ध छन् । 

 

 

 

कार्यक्रममा सगुनका यूके संयोजक युवराज सेढाईंले स्वागत मन्तव्य दिएका थिए । बेक्सली नेपाली समाजका उपसभापतिद्धय उमा गुरुङ र बिन्दु गुरुङले तुलसीप्रसाद उप्रेतीसहित अतिथिहरु पवित्रा शर्मा, अनिल गौतम र प्रिति गौतमलाई खादा ओढाएर सम्मान गरेका थिए । 

 

समाजका महासचिव हरिश ज्ञवालीले यस्ता कार्यक्रमहरु समाजका सबै सदस्यहरुमाझ पुर्यायनुपर्ने धारणा राखे । कार्यक्रमका संयोजक दिपेन्द्र सिटौलाले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 

 


थप समाचार

तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

  • 14 minutes ago
तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट डेब्यु गरेकी अभिनेत्री तारा सुतारिया अचेल चर्चामा छन् । डेब्यु फिल्मले बक्स अफिसमा आशा अनुरुप ब्यापार पर्न नसकेपनि अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयरको ख

अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

  • 24 minutes ago
अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको राम्रो चर्चा हुने गरेको छ । कतिपयले उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् । तर, उनी आफूले भने आलु जस्तो देखिने गरेकी बताउने गरेकी छन् ।

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

  • 33 minutes ago
अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।