IIMS College

ISMT

HUB Education

भरतपुर विमानस्थल विस्तारका लागि सेनाकाे गण सार्न चार विकल्प

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

चितवन । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । 

 

महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१, आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमीन रहेको दाहालले बताइन् । सो स्थानमा हाल सेनाको गुल्म रहेको छ ।

 

सेनाको गण राख्दा त्यहाँको ऐतिहासिक महत्वका संरचना सुरक्षित हुने ठानिएको छ । दाहालका अनुसार दोस्रो विकल्पका रुपमा आँपटारीको जङ्गल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडि सारिएको छ । 

 

ती जमिनको रङ्गीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको प्रमुख दाहालले बताइन् । योसँगै विमानस्थलसँग सम्बन्धित हालसम्म भएका बैठक, छलफल, पत्राचारलगायतका कागजपत्रसमेत सँगै बुझाइएको छ । प्रमुख दाहालले नेपाली सेनाले जुन जमीन उपयुक्त ठान्दछ सोही जमिन हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन गर्न सकिने बताइन् ।

 

केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री भट्टराईको उपस्थितमा यहाँ भएको छलफलमा महानगरले जग्गाको टुङ्गो लगाउने, मन्त्रालयले प्राविधिक समिति गठन गर्ने र अध्यक्ष दाहालले रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयका मन्त्री र उच्च अधिकारीलाई डाकेर बैठक गरी निर्णय गर्न सहयोग पुर्‍याउने सहमति भएको थियो ।

 

हाल विमानस्थलको धावनमार्ग छोटो हुँदा उच्च जोखिममा साना जहाज मात्र उडान र अवतरण हुँदै आएको छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गण रहेको छ । दुवै गरेर ७२ बिघा जमिन चर्चिएको छन् । 

 

त्यहाँबाट गण र प्रजनन केन्द्र स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न लागिएको हो । विमानस्थलको धावनमार्ग बढाएसँगै ७२ सिटे जहाज उडान र अवतरण गर्न सकिने छ भने रात्रिकालीन उडानसँगै अन्य जिल्लासँग हवाई सम्बन्ध बढाउन सकिने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए ।

 

मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई राजधानीको विमानस्थलको विकल्पका रुपमा विकास गरी देशका अन्य विमानस्थलसँग हवाई सम्बन्ध विकास गर्ने बताउँदै आउनुभएको छ । हाल भरतपुरबाट काठमाडौँ र पोखरा उडान हुँदै आएको छ ।


थप समाचार

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

  • 6 minutes ago
यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७

इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

  • 18 minutes ago
इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

काठमाडौं । आइतबार राति भएको खेलमा लिग लिडर लिभरपुल ‘इंग्लिस प्रिमियर लिग फुटबल’मा हारबाट जोगिएको छ । घरेलु टोली म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेलेसँगै लिभरपुल हारबाट जोगिएको हो ।

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

  • 32 minutes ago
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चु



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।