ISMT

HUB Education

एउटै अस्पतालको भरमा १५० होटल

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

चितवन । एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् ।

 

अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् । 

 

सोही ठाउँमा होटल सञ्चालन गर्दै आउनुभएका होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ चितवनका अध्यक्ष दीपक ढकाल अस्पताल अगाडि मात्रै १४० होटल र १० वटा रेष्टुराँ रहेको बताउँछन् । चारदेखि ३२ कोठमासम्मका होटल सो ठाउँमा रहेका छन् । 

 

दैनिक दुई हजारभन्दा बढी क्षमताका ती होटलमा आफैँले पकाएर खानसमेत सुविधा छ । ढकालका अनुसार दैनिक रु. १५० देखि रु. एक हजारसम्मको कोठा होटलमा पाइन्छन् । ती होटल पूरै अस्पतालमा निर्भर छन् । ढकालले ती होटललाई वैज्ञानिक ढङ्गबाट वर्गीकरण गरी दरभाउ कायम गर्ने तयारी गरिएको बताए । 

 

अधिकांश होटल पारिवारिक ढङ्गबाट सञ्चालनमा छन् । वि.सं. २०५७ मा अस्पताल स्थापनासँगै ती होटल सञ्चालनमा आएका हुन् । मुख्य बजार क्षेत्रबाट केही टाढा रहेकाले अस्पताल आउने अधिकांश बिरामी र आफन्त तिनै होटलमा बस्ने गरेको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले बताए । 

 

ठूला र व्यवस्थित होटल त्यहाँ नहुँदा कतिपय मुख्य बजार क्षेत्रका होटलमा पनि बस्ने गरेको उहाँले बताउनुभयो । नेपालका सबै क्षेत्र र भारतबाट समेत बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । 

 

क्यान्सर रोगको उपचार गर्न लामो समय लाग्ने भएकाले बिरामी र आफन्त होटलमा बस्न बाध्य हुनुपर्दछ । अस्पतालभित्र बिरामी कुरुवा घर भए पनि सीमित क्षमता भएका कारण बाहिर बस्नुपर्ने हुन्छ । 

 

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले ती सबै होटल रेष्टुराँ अस्पतालको भरमा सञ्चालन भइरहेको बताए । गुणस्तरीय सेवा दिएर बिरामी र आफन्तलाई सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ । 

 

आचार्यले कुरुवा घरमा १०० हाराहारी अट्ने भए पनि दैनिक ६०० नयाँ र पुराना ३०० बिरामी आउने भएकाले होटल रेष्टुराँमा निर्भर हुनुपर्ने गरेको बताए । आचार्यले होटल रेष्टुराँसँगै अन्य व्यवसाय, निजी अस्पतालसमेतलाई यही अस्पतालका कारण सञ्चालनमा टेवा पुगेको बताए । 

 

अस्पतालमा आउने सबै बिरामी क्यान्सरका नहुने भएकाले क्यान्सर नदेखिएका जिल्लाका अन्य अस्पतालमा जाने गरेको र क्यान्सर भएकालाई पनि अन्य समस्या देखिँदा यहिँका निजी अस्पताल र मेडिकल कलेजमा बिरामी पुग्ने गरेको उनले बताए । 

 

अस्पतालकै कारण समग्र जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए । चितवनलाई स्वास्थ्य नगरिकका रूपमा विकास गर्नसके यहाँको आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

 

क्यान्सरका बिरामीको उपचार महँगो र लामो समय लाग्ने हुँदा पनि बिरामीले यहाँ ठूलो धनराशि खर्च गर्ने गर्दछन् ।


थप समाचार

सराेकार समितिकाे ठहर : उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय

  • 6 minutes ago
सराेकार समितिकाे ठहर : उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय

घोराही । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गरेको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट विमानस्थलबाट फर्काइनुको रहस्य यस्तो

  • 21 minutes ago
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट विमानस्थलबाट फर्काइनुको रहस्य यस्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई मदिरा सेवन गरेको र अभद्र व्यवहार गरेको आरोपमा त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ।

नगरपालिकाले बनाएको ढलान वडाले भत्काउन खोजेपछि १९ लाख खेर जाने सम्भावना

  • 28 minutes ago
नगरपालिकाले बनाएको ढलान वडाले भत्काउन खोजेपछि १९ लाख खेर जाने सम्भावना

भक्तपुर । मध्यपुरथिमि नगरपालिका र वडा कार्यालयको विवादका कारण वडा नं. २ मा गरिएको रू. १९ लाखको लगानी खेर जाने स्थितिमा पुगेको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?

विचित्र विश्व

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

एजेन्सी । यस पृथ्वीमा रहेका जीवजन्तु, जनाबर तथा मानिसको कुरा गर्दा सबैभन्दा बढि आयु कछुवाको हुने गर्छ । यसै कछुवासँग सम्बन्धित अन्य रोचक तथ्यहरु रहेका छन्, जुन तपाइलाई जानकारी नहुन सक्छ । यसबारे चर्चा गरौं ।