चिर्पट प्रहार गरी श्रीमतीको हत्या
प्रतीकात्मक तस्बिर
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्
बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले
काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको
काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको