ISMT

HUB Education

एनआरएन यूके सचिवमा भट्टराईको उम्मेदवारी, संस्थागत सुधार मुख्य एजेण्डा

  • आइतबार, २९ आषाढ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लन्डन । एनआरएन यूकेको सचिव पदका लागि बेलायतस्थित एकजना अनुभवी सामाजिक व्यक्तित्व भिमलाल भट्टराईले पनि उम्मेदवारी दिने भएका छन् । 

 

एम्पायर हलमा शनिबार एक पत्रकार सम्मेलन गर्दै भट्टराईले आफ्नोउम्मेदवारी घोषणा गरेका हुन् । 

 

एनआरएनए यूकेमा सुधारको अठोटसहित उम्मेदवारी घोषणा गरेका हुन् । 'म गर्न नसकिने ठूला प्रतिवद्धता गर्दिन', भट्टराईले कार्यक्रममा भने,'म संग यस्ता केही एजेन्डा छन् जसको कार्यान्वयनले एनआरएनलाई एक तह माथि लैजान सहयोग पुग्ने मेरो विश्वास छ ।'

 

आफ्नी श्रीमती ढाकाकुमारी शर्मा भट्टराईलाई साथ राखेर कार्यक्रममा उपस्थित भएका भट्टराईले महिला सशक्तिकरण, सदस्यता विस्तार, संस्थाहरुलाई एकजुट गराएर भूपू गोर्खा मुद्दा समाधानमा पहल, उम्मेदवारहरुले व्यक्त गरेका प्रतिवद्धता कार्यान्वयनमा फलोअप, नयां पुस्तालाई एनआरएन र मातृभूमिसंग जोड्न विशेष कार्यक्रम ल्याउने जस्ता प्रतिवद्धता व्यक्त गरे ।

 

दोहोरो नागरिकता सवाल र अन्य राष्ट्रिय मुद्दामा आफूले नयां कार्यसमितिलाई सक्दो सहयोग गर्ने अठोट पनि उनको छ ।

 

 

पर्वत शालिग्रामका स्थायी वासिन्दा भट्टराई भारत, कुवेत 
हुंदै सन् २००७ देखि बेलायत बस्न थालेका हुन् । उनले पर्वत वेलफेयर सोसाइटी यूकेको सदस्य र नेपलिज सेफ एसोसिएसन यूकेको संस्थापक सचिव भएर काम गरिसकेका छन् । एनआरएनए यूकेमा भने कार्यसमितिमा नभएपनि बाहिर बसेर हरेक लोककल्याणकारी कार्यहरुमा साथ दिएको उनले बताए ।

 

प्रकाश न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आले, पूर्व अध्यक्ष 
नरजंग गुरुङ, कोषाध्यक्ष सुरज पौडेल, पत्रकार बाचस्पति रेग्मी, समाजसेवी नारायण कोन्मे आदिले शुभकामना दिए ।

 

वक्ताहरुले सचिवका प्रत्यासी भट्टराईलाई भिजनसहित रणनीतिक रुपमा अघि बढ्न सुझाव दिएका थिए ।पर्वत वेलफेयर सोसाइटी यूकेले आफ्ना सदस्य भट्टराई जिताउन सक्दो सहयोग गर्ने वचन दिएको छ ।

 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 3 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 3 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।