IIMS College

ISMT

HUB Education

दुश्मन र मित्रकाे रहस्य !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

‘बीच जंगलमा दोबाटो भेटियो । बाटाहरु एक अर्काबीच छुट्टिए । मैले बेचल्तीको बाटो रोजें । सारा फरक त्यसैले पारिदियो ।’ –रबर्ट फ्रस्ट

 

अरुबेला बनाइदिएको बाटोमा हिडन सजिलो हुन्छ । तर, त्यो बाटोलाई बनाउनेले जताजता घुमाएको छ, आफू त्यतै घुम्नुपर्ने हुन्छ । बाटो कि त आफैं बनाउनुपर्ने हुन्छ कि त अरुले बनाइदिएका उकाली÷ओराली चाहेर नचाहेर पार गर्नैपर्छ । यसो त नयाँ बाटो बनाएर जोखिम लिनेहरु कमै हुन्छन् । त्यसैले भनिन्छ, ‘संसारका ९० प्रतिशत मानिसलाई १० प्रतिशत बाठाहरुले डो¥याइरहेका हुन्छन् । नयाँ बाटो बनाउनेहरुले सुरुमा समाजको आलोचना सहनुपर्छ । 

 

तर बाटो सही भएमा त्यही नव गोरेटो कोर्नेहरुलाई इतिहास र नयाँ पुस्ताले सम्मान दिन्छ । अरुद्वारा प्रेरितभन्दा आफ्नै मन र अटल विचारद्वारा उत्साहित ब्यक्तिहरु प्रायः समाजमा खुशी देखिन्छन् । आफ्नो खुशी अरुमा खोज्नेहरुको मन अरुको प्रशंशा र आलोचनामा सधैं फुक्ने र खुम्चिने हुन्छ ।

 

त्यसैले मित्र वा शत्रु बाहिर छैन्, आ–आफ्नै मनभित्र छ । आफू आफ्नो कत्तिको मित्र हो त्यसैबाट आफ्नो खुशीको मापन गर्न सकिन्छ । आफूलाई दिइने ताली वा गालीबाट सहजै विचलित नहुने मनको अवस्थालाई नै वुद्धले प्रज्ञाको सजग अवस्था वा साक्षीभावको रुपमा ब्याख्या गर्नुभएको छ । अहंकार र इच्छाहरुको तृप्ति कहिल्यै हुन्न ।

 

तर, इच्छाहरुको मित्रतृष्णाले मानिसहरुको अनावश्यक दौड चलिरहेको छ । थोरै चर्चाका लागि उसले ठूलो भागदौड गर्छ । तर, त्यो भागदौडमा चर्चित हुँदा कमाएका साथीहरुमध्ये ९० प्रतिशत इष्र्यालु र बाँकी १० प्रतिशत मात्र असल मित्रहरु हुन्छन् । 

 

फेसबुक फ्रेण्ड रिक्वेष्ट स्वीकार्ने सबै असल मित्र हुने भए तपाईंले आफ्नो सफलताको ‘स्टाटस’ लेख्दा सतप्रतिशतको लाइक र सकारात्मक प्रतिक्रिया आउथ्यो होला । तपाईलाई साथी भनेर सम्बोधन नगर्नेहरु सबैमा साथी नै हुने भए तपाईलाई दुःख पर्दा सहयोगीको धुइरो लाग्नुपर्ने । तपाईले आफू दुःखी हुनुको कारण गन्नुभयो भने धेरैजसो आफ्नै नजिकको मानिसको व्यवहारको कारणले हो भन्ने देख्नहुन्छ । यहानेर एउटा वैज्ञानिक सत्य के छ भने अपेक्षा नै दुःखको सुत्र बनेको छ । 

 

तपाईले गरेको अपेक्षा नजिककको मान्छेबाट पूरा हुन नसक्दा तपाई बढी दुःखी हुनुपर्छ । खप्तडबाबा धर्म विज्ञानको आफ्नो तेस्रो पुस्तकमा लेख्नुहुन्छ, ‘तपाईं प्रेमपूर्वक मित्रता गरी अरुको अपेक्षा नगरी बाँच्ने हो भने अरुप्रति गरेको उपकार र अरुहरुद्वारा गरिएको आफ्नो उपकार बिर्सिनुपर्छ ।’

 

यो संस्कार रुपले नै पनि मनमा रहनु निष्काम भावका निमित्त कलंक स्वरुप हुन्छ । प्रेम र सुख वृद्धिका लागि मनवाणी र व्यवहारमा निष्काम भावका निमित्त कलंक स्वरुप हुन्छ । प्रेम र सुख वृद्धिका लागि मन वाणी र व्यवहारमा निष्काम भाव, अहिंसा र निरअहङकरता हुनु बहुतै आवश्यक छ । स्वार्थ र अहंकारमा प्रेम र सुख टिक्न सक्दैन् । संसारमा वस्तुतः त्यहीमा मानिस धन्य हो जसले समभाव प्राप्त गरेको छ । जसरी आफ्ना शरीरका सबै अंगहरुमा आत्मियता र प्रेमभाव समान हुन्छ, यस्तै सुख दुःखका क्षममा समान ढंगले भावनाको विकास गर्ने व्यक्ति नै सन्तोषमा रहन्छ । भागवत गीताको छैटौं अध्याय २९१ लेकमा कुँदिएको छ, ‘सर्वब्यापी अनन्त चेतनामा एकी भावले स्थिती रुपयोगद्वारायुक्त आत्मावाला तथा सबमा समभावद्वारा हेर्ने योगी आत्मालाई सम्पूर्ण भूतहरुमा र भूतहरुलाई आत्मामा देख्छ ।’ अपेक्षाको त्याग , समभावको अभ्यास, वस्तु संग्रहमा सन्तुलन र आफैंप्रति विश्वस्तहरु नै सुखका स्रष्टा हुन् । 

 

मुखको गरिमा, मिठो बोलीमा । कठीन परिस्थितीमा पनि विचलित नभई सकारात्मक बोली बोल्न अभ्यास गर्नेहरु शान्ति र सुखका स्रोत बन्न सकिन्छ । संस्कृत सुभाषितमा भनिएको छ, ‘मानिसको आभुषणशील वाम्रिक दुवाक्य हो जसले सुख निम्त्याउँछ ।’ 

 

नमुक्ताभिर्नमाणिक्यैः नवस्त्रैर्नपरिच्छदैं ः ।

 

अलङ्कियेतशीलेन केवलेन हिमानवः ।। 

 

अरुलाई नदुखाई कन विमति राख्न सकिने केही सकारात्मक भनाइहरु

 

तपाईंलाई धेरै पर्खिए, तर भेट्ने सौभाग्यशाली बन्न सकिन 

 

तिम्रो हातै स्वादिलो नुन चर्को र पिरो बढी हुँदा पनि खाना स्वादिलो छ ।

 

तपाईंको गालीले मन दुखेको होइन्, तपाईंले राखेको माग पूरा गर्न नसक्ने क कस्तो भनेर सोचेको । 

 

तपाईंलाई बारम्बार फोन गर्दा पनि तपाईंको आवाज सुन्ने भाग्यमानी बन्न सकिन ।

 

मैले पैसा फिर्ता नपाए केही छैन् तर तपाई उधारो तिर्न नसकेर दुःखी बनेको देख्न सक्तिन । 

 

रिसमा तिम्रो दोष छैन् तिमीभित्रको दिमागी रसायको असन्तुलन भएपछि के लाग्छ छिट्टै सन्तुलित हुन्छ । 

 

फेल भयौं केही छैन, फेल जीवनको अन्त्य होइन । सफलता खोज्ने नयाँ बाटोको सुरुवात हो । 

 

तपाईं ढिला हुनुभयो केही छैन, नायकहरु अन्त्यमा नै आउँछन् तर अर्को पटक भूमिका बदल्नुहोला । 

 

तपाईं होचो र सानो हुनुहुन्छ । चिन्ता नगर्नु सब बहुमुल्य वस्तु सानो प्याकेटमै आउँछन् । 

 

निन्दा गरे केही छैन तपाई अस्तित्वमा हुनुहुन्छ । पूर्ण प्रशंशा त चितामा मात्र हुन्छ । 

 

दुःख भयो, संकटमा हुनुहुन्छ यो पनि टरेर जानेछ । 

 

कपडा त्यति मिलेनछ, धुन भ्याउनु भएन । केही छैन । खामभन्दा चिठ्ठी महत्वपूर्ण हुन्छ । 

 

लेख मन परेन तर पनि खुशी छु, तपाईंहरु प्रशंशाको कन्जुस हुनुहुन्न । 

 

सन्तवीरको भनाइ तिमी खुशी हुनको लागि यति काम वस्तुले निर्वाह गर कि जसले अरुको निर्वहाँ  सरलताले हुन सकोस । अधिक भोग विलास स्वेच्छाले अरुको अधिकारमा आघात पर्दछ । यदि हर ब्यक्तिले कम खर्चले निर्वाह गर्न थालेमा स्रोत र साधनमाथिको लुछाचुडी समाप्त हुन्छ । धेरै वस्तु संग्रह गर्दा धेरै धन राशी खर्च हुन्छ । धेरै धन राशी खर्च गर्न धेरै पसिना बगाउनुपर्छ । 

 

जब मानिस धेरै पसिना बगाउँछ भने उसको धेरै समय वस्तु संग्रहका लागि चाहिने अर्थ आर्जनमा ब्यतीत हुन्छ । 

 

तब उसले आफूले आफैलाई चिन्ने मानिसभित्र रहेको अन्य शक्ति दिब्य क्षमताको खोज र आत्मिक सुख र सम्यक जीवनका लागि समय जुटाउनै नसकी जीवन थोत्रो बनाउँछ । आफैलाई विश्वास गर्दै आफूभित्रको सुख निकाल्न उसलाई समय नै हुँदैंन र लगनशीलता अपांग बन्छ । लगनशीलताको प्रसंगमा निरन्तर अभ्यास बिना हामीभित्र लुकेको अनन्त आनन्द र महापुरुषत्वको उत्पति हुनै सक्दैंन । 

 

यसका उदाहरण महात्मा गान्धी हुन् । गान्धी जिन्दगीभर खासै वौद्धिक वा कलात्मक क्षेत्रमा मरिमेटेर लागेन । नलागेपनि गान्धी उद्देश्यसहित निरन्तर क्रियाशील रहेर यसैको परिणाम स्वरुप उनी भित्र एक महापुरुष र महासन्तपनको जन्म भयो । यस्तै वुद्धत्वको प्रकट गर्न पनि सिद्धार्थले निरन्तर प्रयास चालेका थिए । 

 

एक्काइसौं शताब्दीमा पनि उनी संसारका दश अत्याधिक मन पराइएका युगनेताहरुमा पर्छन भने गुगलमा सर्वाधिक सर्च गरिने जिजस, कार्लमाक्र्सपछि महात्मा गान्धीको नाउँ आउँछ । एरिष्टोटललाई पनि सम्झौं । उनी भन्थे, ‘महानता र आत्मिक सुख अरु केही होइन्, लगनशीलताको परिणति हो ।’ यिनैसँग मेल खाने अर्का युग पुरुष हुन् अल्बर्ट आइन्स्टाइन । उनको जीवनीकाअनुसार उनी सानो छँदा मन्द बुद्धिका थिए । उनलाई सबैले हेप्ने गरेकाले एक दिन उनले एक शिक्षकसँग महान हुने सुत्र सोधेर शिक्षकले बताए, ‘निरन्तर अभ्यास ।’ यही सुत्र अपनाएर एकले ठेब्रो बालक महान वैज्ञानिक बने । सकारात्मक वानी र आत्मविश्वासको निरन्तर अभ्यास नै द्ुःख मुक्तिको कारण रहेको प्रसंग भागवत गीताको छैटौं अध्यायसको ३५ औं श्लोकमा उल्लेख छ, ‘अभ्यासेनतुकौन्तेयवैराग्ये च गृहयेथे ।’ एक पटक सुनिएको, पढिएको ज्ञान त्यो ज्ञान हुन सक्दैंन । त्यो केवल जानकारी र शब्द ज्ञान मात्र हुन्छ । तत्वज्ञान र आत्मिक सुख त केवल निरन्तर अभ्यास र साधनामा नीहित छ । 

 

यसैले त मन भित्रको वास्तविक सुख छिचोल्न विभिन्न ध्यान योगविधि साकाहारी जीवन र निरन्तर साधनाका उपायहरु निर्माण गरिएका छन् । कुनै एक सत्य साधनामा आत्म विश्वासका साथ निरन्तर लाग्नु नै वास्तविक सुखको समीप पुग्नु हो । 

 


थप समाचार

बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

  • 3 hours ago
बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

एजेन्सी । बलिउड स्टार रणवीर सिंह आजभोली खुब चर्चामा रहेका छन् । उनको बलिउडको यात्राले एक दशक पार गरेको छ । रणवीरलाई बलिउडमा एनर्जेटिक, ट्यालेन्टेड तथा पपुलर कलाकारको रुपमा चिनिन्छ ।

सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

  • 3 hours ago
सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्रिक

शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

  • 3 hours ago
शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीले खोल्नुभएको फार्ममा रहेको गाई । शिक्षण पेशा छाडेर गाई, राँगा, सुँगुर र कुखुरा पालन व्यवसायमा लाग्नुभएका जोशीले सबै खर्च कटाएर अहिले मासिक



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।