सुख, दुःखः भ्रम र वास्तविकता

Education Park

संसारका सारा जीवहरुको एउटै साझा खोज–सुख ! त्यहि दुई शब्दको खोजले कतिलाई कष्ट दियो । कतिलाई महाविपत्ती र कति परे इहलीलामा । 

 

माछाहरु स्वाद सुखका लागि बल्छिमा फस्छन् । पुतलीहरु दृष्टि सुखका लागि वत्तिको ज्वालामा जीवन सकाउँछन् । मानिसहरु इन्द्रिय सुखको लालचमा तिलजत्रो आनन्द लिन्छन् अनि पहाड जत्रो दुःख बिसाउँछन्, यातनाको शिकार बन्छन्, विपतको भागिदार, कैद र मृत्यु समेतको सामना गर्न विवस हुन्छन् । 

 

महाकवि देवकोटाको भनाइमा सुखः

‘खोज्छन् सबै सुख भनी 

सुख त्यो कहाँ छ ?

आफू मिटाइ 

अरुलाई दिनु जहाँ छ ।’ 

भौतिक सम्पन्नताले मानिसलाई अत्याधिक धनवान बनायो तर मानिस जीवनको कठोर सत्य बुझ्न नसक्दा धनको धनी बनेर पनि सुखको कङ्गाल बनिरह्यो । अरुलाई दिनुमा र त्यागमा जति सुख हुन्छ त्यो अरुमा छैन भन्ने देवकोटाको बुझाईमा जीवनको गहिरो सत्य लुकेको छ । त्यसो त ईशावास्योपनिषद्को प्रथम श्लोकमा भनिएको छ 

 

‘तेनत्यक्तेनभुङजीथामागृधःकस्यस्विद्नम् ।’ 

 

ईश्वरले दिएकोमा भोग गर । कसैकोमा लोभ नगर । मान्छे जतिखेर आफूलाई अरुमाझ तुलना गर्छ, उ दुखी भइहाल्छ । संसारको रचना नै यस्तो छ कि, हरेक मानिस एक छुट्टै ब्रम्ह हो । आ–आफैंमा उ फरक छ, अनुहार फरक भएजस्तै उसको भाग्य, जीवन र कर्म नि । 

 

एउटै कोखबाट एकै समयमा जन्मिएका जुम्ल्याहाहरुको समेत जीवन फरक–फरक हुन्छ भने अरुसँग आफ्नो जीवनमेल हुने कुरै आउँदैन । त्यसैले तुलनाको अन्त्य नै सुख प्राप्ति हो । सुखका सामग्री बटुल्दा बटुल्दै जिन्दगी बित्छ तर सुख मिल्दैन्  । शान्ति र सुखको प्रक्रियालाई नबुझेको कारण मान्छे अशान्त हुन्छ किन भने मान्छेले संसार चिन्न बुझ्न खोजे तापनि आफूलाई चिन्न–बुझ्न खोज्दैन र त शान्तिको सम्पूर्ण स्रोत स्वयं हो भन्ने कुरो उसलाई थाहा भएको देखिँदैन् । 

 

त्यसकारण ऊ बाहिरै भडिकरहन्छ । बुद्धको परिभाषामा ‘इच्छा नै दुःखको कारण हो ।’ आवश्यकता सजिलै पूरा हुन्छ तर इच्छाले दुःखलाई निम्ता दिइरहन्छ । जसरी नि पेट भर्न शरीरको आवश्यकता हो तर तारे होटलमा गएर महङ्गो रात्रीभोज मार्फत पेट भर्न खोज्नु स्वाद र इन्द्रीयको इच्छा र लोभ हो । महात्मा गान्धी भन्नुहुन्छ, ‘धर्तीमाताले संसारका सबैका आवश्यकता पूरा गर्ने सामथ्र्य राख्छिन् तर एउटै लोभीको लोभमा भने हार खान्छिन् ।’ मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले भनेका छन्, ‘मानिसहरु आनन्द र सुखकै लागि बाँच्छ ।’ तर उनले यो सुखको केन्द्रमा यौनलाई राखेका छन् । तर यौन आवश्यकता भएपनि सुखको किनारा भन्ने होइन । दार्शनिक एडलरले मानिस शक्तिमा बाँच्छ र त्यहि सुख हो भनेका छन् । 

 

तर, विश्वविख्यात पुस्तकका लेखक भिक्टर फ्राङ्कलनले पेश गरे मान्छे यौनमा र शक्तिमा सुखी होइन जीवनकोअर्थमा सुखी हुन्छ । फ्राङ्कलिनले भनेका कुरामाझैं जब आफ्ना सःसाना उपलब्धिमा मानिस अर्थ देख्छ तब उ खुसी रहन्छ । जीवनको उपलब्धीमा अर्थ देख्नेहरु अग्ला महलका धनी भएर पनि हतास र दुःखी हुँदैं आत्महत्या गर्नु पुग्छ । सन्त कवीर ठान्छ मानिसहरु झुठो सुखलाई सुख ठान्छन् । मृत्युको मुखमा पुग्छन् । वास्तवमा अनन्तः सुख आत्मभित्रै छः

 

‘झुठे सुख को सुखक हे, मानत हैम न मोद, 

 

खलकच बैनाकालका, कुछमुहमें कुछ गोद ।।

 

सुख प्राप्तिका लागि नीतिशास्त्र उपदेश दिन्छ हरेक दुःखमा तिमी एउटा सूत्रलाई याद राख त्यो हो ‘यो पनि टरेर जान्छ ।’

 

श्रीमद् भागवत गीतामा उल्लेख छ संसारका दुःखका कारण हुन्ः जन्म ,मृत्यु , जरा, व्याधी । यी सबै दुःख मेटाउने एउटै उपाय हो तत्वबोध र अनित्यताको महशुष । चाहे महाभूकम्प र महाप्रलय होस वा, रोग वा भए नै । यस्तो दुःख निवारणमा शास्त्रको सहारा लिनु लाभदायक हुन्छ । सबै दुःखलाई अनित्य सम्झौं । हरेक विपद् एक समयपछि टरेर जान्छ । हिजोको घटना आज रहँदैन र आजको भोलि । तसर्थ परिवर्तित समाजका सबैकुरा परिवर्तशील छन् । हरेक दुःखलाई समयले परिवर्तन गराउँछ । मात्र खाँचो छ त, धैर्यताको !   

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 30 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 33 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 41 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।