भाेजपुर घटनालाई लिएर बाझियाे प्रहरीकाे दाबी र प्रत्यक्षदर्शीकाे भनाई

'प्रहरीकै गाेलीले प्रहरी जवान राईकाे मृत्यु, निरकुमारलाई नियन्त्रणमा लिएर मारियाे'

Education Park

काठमाडौँ । भोजपुरको हटिया लाइनमा बुधबार बिहान प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको घटनालाई लिएर स्थानीय प्रत्यक्षदर्शीकाे भनाई र प्रहरीले गरेको दाबी बाझिएको छ । 

 

बिहान ८ बजेको समयमा भएको उक्त घटनामा प्रहरी जवान सञ्जिव राई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता निरकुमार राई (प्रशान्त)को मृत्यु भएको थियो । घटनामा प्रहरीतर्फ खेमनाथ भट्टराई र सुरेन्द्र माझी घाइते भएका छन् ।

 

समाचारहरूमा जनाइएअनुसार घटनाको प्रकृति र मुचुल्कालाई लिएर स्थानीय प्रत्यक्षदर्शी र प्रहरीको भनाई बाझिएको हो । प्रहरीले प्रतिबन्धित नेकपाका कार्यकर्ता निरकुमार राईले पहिले गोली चलाएको बताएको छ । निरकुमारले प्रहार गरेको गोली लागेर सञ्जिव ढलेपछि प्रहरीले निरकुमारलाई गोली चलाएको दाबी प्रहरीको छ ।

 

तर प्रहरीको दाबीविपरीत घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने एक स्थानीयले पहिले प्रहरीले गोली चलाएको बताएका छन् । उनका अनुसार प्रहरीले सुरूमा चलाएको गोली निरकुमारले छलेपछि सोही गोली प्रहरी जवान सञ्जिव राईलाई लागेको हो । 

 

प्रहरी जवान राई ढलेपछि प्रहरीले निरकुमारलाई नियन्त्रणमा लिएकाे स्थानीयको दाबी छ । मृतक निरकुमार राई प्रतिबन्धित नेकपाका ओखलढुंगा जिल्ला इन्चार्ज रहेको बताइएको छ । उनी भोजपुरको षडानन्द नगरपालिका–१३, बोयाको वासिन्दा हुन् ।

 

प्रहरीका अनुसार हतियारसहित विप्लवका कार्यकर्ता सदरमुकाम आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरका तीन जना सादा पोसाकका प्रहरी सर्च एन्ड अपरेसनमा पुगेका थिए ।

 

सर्च एण्ड अपरेसनमा रहेका प्रहरीले बिहान हटिया लाइनमा चिया पिउन निस्केका निरकुमारलाई देखेपछि नियन्त्रणमा लिन खोज्दा घटना घटेको बताइएको छ । त्यसबेलासम्म निरकुमारसँग कुनै हतियार नदेखिएको स्थानीयले बताएका छन् ।

 

स्थानीयका अनुसार निरकुमारलाई नियन्त्रणमा लिने क्रममा वादविवाद भएपछि निरकुमार त्यहाँबाट निस्किन खोजेको थिए । ‘सोही बेला प्रहरीले गोली चलायो । निरकुमारले गोली छलेपछि सो गोली प्रहरी जवान सञ्जिवलाई लाग्यो’, नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘त्यसपछि प्रहरीले हतियार ताकेर निरकुमारलाई नियन्त्रणमा लियो र दुई वटै हात पछाडि बाँधेर गिरफ्तार गरेर लग्यो ।’

 

स्थानीयको दाबीलाई पुष्टी गर्ने गरी केही अनलाइन न्युज पोर्टलहरूमा निरकुमारको शव पछाडि हात बाँधिएको अवस्थामा रहेको तस्वीरहरू समेत सार्वजनिक भएको छ । 

 

घटनाको प्रकृतिलाई लिएर प्रहरी र स्थानीयको भनाई बाझिएपछि यो घटना पनि गत असार ५ गतेको सर्लाही घटनाजस्तै विवादित हुने संकेत देखिएको छ ।

 

सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु ‘फेक इन्काउन्टर’ भन्दै विवादित भइरहेको बेला बुधबारको भोजपुर घटनाले थप विवाद निम्त्याउने प्रष्टै देखिन्छ ।

 

प्रतिबन्धित नेकपा भन्छः आक्रमण र भिडन्तको नीति नै छैन

 

लगातारका घटनाहरूमा प्रहरीले प्रतिबन्धित नेकपाका कार्यकर्तासँग भिडन्त भएको दाबी गरिरहँदा नेकपाले भने प्रहरीमाथि आक्रमण गर्ने र भिडन्त निम्त्याउन आफुहरूको कुनै नीति नरहेको दाबी प्रस्तुत गर्दै आइरहेको छ ।

 

सरकारले पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाए पनि सक्रियतामा कुनै कमी नदेखाएको नेकपाले मुठभेडको अवस्था नै नरहेको बताउँदै आएको छ ।

 

पार्टीको एक महिनाअघिको केन्द्रीय बैठकले समेत अहिले नै भिडन्तको योजना तय गरेका छैन । केन्द्रीय बैठकबाट तीन वटा एजेन्डा तयार गरेका छन् । जसमा रक्षा, सन्तुलन र आक्रमण छन् ।

 

‘रक्षा, सन्तुलन र आक्रमण’को नीतिअनुरूप कार्यकर्ता सुरक्षित हुनुपर्ने र त्यसका लागि सबै जनालाई सुरक्षित स्थान रोज्नसमेत निर्देशन दिएको विप्लव स्रोतको भनाइ छ ।

 

पारित नीतिअनुसार त्यसपछि सकेसम्म सन्तुलन मिलाएर पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ गर्ने नीति पार्टीको रहेको बताइएको छ । त्यसपछि भने आक्रमणको तयारी गर्ने नेकपाको योजना रहेको स्रोत बताउँछ ।


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 7 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 22 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 42 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।