भोजपुरमा एक महिनादेखि उडान सेवा अवरुद्ध

फाइल फाेटाे

भोजपुर । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । 

 

लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ । 

 

भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भने, ‘उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन । लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ ।’ 

 

जिल्लामा उडान भर्दै आएको ट्वीनओटर बिमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको छ । 

 

निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारी दिए । 

 

निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौँ–पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो ।


थप समाचार

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 28 minutes ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 32 minutes ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

  • 39 minutes ago
ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

काठमाडौं । मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।