ISMT

HUB Education

ललितपुरमा भोटेकोशी कला प्रदर्शनी

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । भोटेकोशी नदीको वरिपरी विकास भएको सभ्यतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ललितपुरमा कला प्रदर्शनी शुरु भएको छ । पाटन सङ्ग्रहालयमा जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोशी गाउँपालिकाको आयोजनामा चार दिने प्रदर्शनी भइरहेको छ ।

 

कार्यक्रममा जैमन थैपी नारायण मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर खडकाले सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक रुपमा फुल्पिङकट्टीस्थित नारायण मन्दिर र यसको सेरोफेरो निकै महत्वको रहेको बताए । भोटेकोशी सभ्यतालाई देश विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको जैमिन थैपी नारायण परोपकार केन्द्रका अध्यक्ष अनेश नेपालले जानकारी दिए । 

 

प्रदर्शनी अवलोकन गर्न पाटन सङ्ग्रहालय पुगेका भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले प्रदर्शनीले पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कलामार्फत समाजमा रहेका सांस्कृतिक वैभवलाई बाहिर ल्याउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलाकारको संयोजन गरेको कलाकार दिवेश प्रधानले जानकारी दिए । 

 

प्रदर्शनीमा सहभागी कलाकार राकेशचन्द्र श्रेष्ठले चित्रमा भोटेकोशी सभ्यताका महत्वपूर्णस्थल र सम्पदालाई उतारिएको बताए । कार्यशाला तथा प्रदर्शनीका संयोजक प्रकाश खड्काले भोटेकोशीको सभ्यताको उत्खनन्मा सहयोग पुगोस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको बताए । 

 

प्रदर्शनीमा विकास बिसुंखे, विक्रम प्रजापति, चन्द्रा श्रेष्ठ, देवेन्द्र थुम्केली, दीपेन्द्रमान बनेपाली, दिवेश प्रधान, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद खोटेजा, प्रकाश मानन्धर, राधेश्याम कर्माचार्य, राजेन्द्रप्रसाद याकामी, सूर्यराम सुवाल, अनत्त श्रेष्ठाचार्यले तयार पारेका कलाकृति राखिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी–४, फुल्पिङकट्टीस्थित नारायण मन्दिरलाई आधार बनाइ गत वैशाख ९ देखि ११ गतेसम्म चित्र कार्यशाला गरिएको थियो । 


थप समाचार

विवाहमा डरलाग्दो आत्मघाती बम बिस्फोट, ६३ जना मारिए, १८२ जना घाइते

  • 57 seconds ago
विवाहमा डरलाग्दो आत्मघाती बम बिस्फोट, ६३ जना मारिए, १८२ जना घाइते

काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् ।

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

  • 15 minutes ago
यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।

विश्वकै सबैभन्दा मिहिनेती देश जापानबारे १० अनौठा तथ्यहरु

  • 20 minutes ago
विश्वकै सबैभन्दा मिहिनेती देश जापानबारे १० अनौठा तथ्यहरु

एजेन्सी । विश्वमा जापानको छुट्टै पहिचान रहेको छ । विश्वमा सबैभन्दा मिहिनेती देश जापानलाई मानिन्छ । करीब ६ हजार आठ सय द्विपहरु मिलेर बनेको जापानबारे अनेकौं तथ्यहरु रहेका छन्, जसको तपाइलाई जानकारी नहुन



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

एजेन्सी । आजभोली धेरैजसो मानिसको वैवाहिक जीवनमा आपसी तालमेलमा कमी आएको पाइन्छ । जसकारण पति तथा पत्निले मानसिक तनाव तथा अन्य समस्याहरु झेल्नुपर्छ । यस्तो अवस्थामा जीवन बोझ लाग्छ भने निराशा हावी हुन्छ । यस्तो परिस्थितिबाट बच्नका लागि पति तथा पत्नी दुवैैले कस्तो उपाय अपनाउने भनेर मुख्य तीन कुराहरुको चर्चा गरौं ।

विचित्र विश्व

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।