भुटानमा कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५२ लाख नाघेको छ ।  

 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख सात हजार नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ९३४ जनाको ज्यान गएको छ । 

 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ६१४ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ३३ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।  

 

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 

 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४१८ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९६ हजार ३५४ पुगेको छ ।

 

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, बेल्जियममा ९ हजार १८६, जर्मनीमा ८ हजार ३०९ र नेदरल्यान्ड्मा ५ हजार ७७५ जनाको मृत्यु भएको छ । 

 

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २० हजारको मृत्यु भएको छ । यहाँ एकै दिन १ हजार १८८ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार २४९, मेक्सिकोमा ६ हजार ५१०, क्यानाडामा ६ हजार १५२ र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ । 

 

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

 

क्र सं महादेश कूल संक्रमित निको भएका कूल मृत्यु

 

  विश्वभर              ५१,९९,०१६ २०,८५,०२४ ३,३४,६९८

 

१ युरोप                  १८,४८,८५० ८,२८,४२२ १,६६,८२२

२ उत्तर अमेरिका    १७,९८,९७९ ४,८२,९३०  १,१०,२३१

३ एसिया                ८,९०,९७० ५,१७,८९८ २६,२९९

४ दक्षिण अमेरिका    ५,४८,८९२ २,०६,४४८ २८,०९४

५ अफ्रिका              १,०१,९०१    ४०,६४१      ३,११५

६ ओसेनिया९अस्ट्रेलिया० ८,७०३      ८,०३४        १२२

 

दक्षिण एसियाली मुलुकहरु

 

१ भारत        १,१८,५०१ ४८,५५३ ३,५८५

२ पाकिस्तान  ५०,६९४ १५,२०१ १,०६७

३ बंगलादेश    २८,५११ ५,६०२ ४०८

४ अफगानिस्तान ८,६७६ ९३८  १९३

५ श्रीलंका      १,०५५ ६२०  ९

६ माल्दिभ्स    १,२१६ ९१    ४

७ नेपाल        ४८७  ४९    ३

८ भुटान        २१    ६      –


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 7 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।