IIMS College

ISMT

HUB Education

'क्याप्टेन' को शोका लागि भुवन र अनमोल लण्डनमा

  • बिहीबार, २१ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार बाबुछोरा भुवन केसी र अनमोल केसी विहिबार लण्डन आइपुगेका छन् । शनिबार अल्डरसटमा हुने चलचित्र क्याप्टेनको विशेष शोको लागि उनीहरु लण्डन आएका हुन् । 

 

बेलायतस्थित सपन इन्टरटेनमेन्ट लिमिटेडले अल्डरसटको प्रिन्सेस हलमा क्याप्टेनको रेड कार्पेट शो आयोजना गर्दैछ । 

 

विहिबार बिहान लण्डनको हिथ्रो विमानस्थल उत्रिंदा भुवन र अनमोललाई सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई, मञ्जु  गुरुङ लगायतले स्वागत गरेका थिए । 

 

रेड कार्पेट शोका दिन दिउँसो ३ बजे हलको ढोका खुल्ने र ४ बजेदेखि चलचित्र सुरु हुने निर्देशक राईले बताए । त्यसअवसरमा अनमोल र भुवनसंग संक्षिप्त 'मिट एण्ड ग्रिट' तथा फोटोसेसनको कार्यक्रम समेत गरिनेछ । शोमा प्रमुख अतिथिका रुपमा बेलायतका लागि नेपाली राजदूत डा सुवेदी पनि उपस्थित हुनेछन् । 

 

रेड कार्पेट शो हुन लागेको प्रिन्सेस हलमा ६ सय दर्शक क्षमता छ । उक्त शोमा टिकट शुल्क १५ पाउण्ड राखिएको आयोजकले जनाएको छ । 

 

बेलायताके रेड कार्पेट शोलगत्तै अनमोल फर्किनेछन् भने भुवन १ साता बेलायतमै रहनेछन् । 

 

भुवन केसीको निर्माण तथा दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र क्याप्टेनमा नायक अनमोलसंगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, सुर्यमाला खनाल, राजाराम पौडेल, विल्सनविक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

चलचित्रमा भुवन केसीको समेत विशेष भुमिका छ । चलचित्रमा राष्ट्रिय फुटबल टिमको क्याप्टेनका रुपमा प्रस्तुत गरिएका नायक अनमोलको त्यहांसम्मको संघर्षपुर्ण यात्रा देखाइएको छ । फागुन १७ देखि प्रदर्शनमा आएको चलचित्रले नेपालमा गतिलो सफलता पाएको छ । 

 

तस्विर : नरेन्द्र बस्नेत

 


थप समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 13 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 28 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 32 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।