विवेकशील साझा किन फुट्यो ? फुटेपछि कसले के भने ?

काठमाडौं । आन्तरिक खटपटका कारण विवेकशील साझा पार्टीमा फुट आएको छ । ‘पार्टी गलत बाटोतिर लागेको’ निष्कर्ष निकाल्दै पूर्व विवेकशील नेपाली दल अलग्गिएर पुनर्गठन भएको छ । यससँगै नेपाली राजनीतिमा एकखालको तरंग पैदा भएको छ ।

 

रविन्द्र मिश्र नेतृत्वको पूर्व साझा पार्टी र उज्वल थापा नेतृत्वको पूर्व विवेकशील नेपाली दल एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । वि।सं। २०७४ श्रावण ११ गते विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको सम्झौता भई विवेकशील साझा पार्टी गठन भयो। एकीकरणको १ वर्षमै यी दुवै खेमाभित्र असन्तोष चुलिएर अन्ततस् अलग भएका हुन् ।

 

राष्ट्रिय एकता दिवसकै दिन अर्थात हिजो पुष २७ गते यो पार्टीमा फुट आएको छ । विवेक साझाका संयोजकमध्येका एक उज्वल थापाले आफ्नो छुट्टै विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार नै निवेदन दर्ता गराएका छन् ।

 

विवेकशील साझाका बहुमत केन्द्रीय सदस्यले पुरानै विवेकशील नेपाली दल पुनर्गठन गरेका हुन्, जसको नेतृत्व थापाले नै गरेका छन् । सो दलमा केन्द्रीय सदस्यहरु रन्जु दर्शना (न्यौपाने), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, उज्वल बहादुर थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुन सिंह ठकुरी छन् ।

 

विवेकशील नेपाली दल पुनर्गठनपछि नेतृ रञ्जु दर्शनाले भनेकी छिन्( ‘एकतापछि विगत १७ महिनाको दौरानमा पार्टीमा वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठुलो भिन्नता रहेको प्रष्टै देखियो । मूल्यमान्यता आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी बिकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो । अतःअहिलेकै ढंगले अघि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामुलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रविर्तीले प्रश्रय पाउने भयो ।’ उनले आफूहरु अलग हुनुको कारण स्पष्ट पारेकी छिन् ।

 

उनले थप भनेकी छिन्-‘नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रिय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु बिघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै बिभिन्न भातृ संगठन गठन गर्ने तर्फ अघि बढ्ने जस्ता क्रियाकलापले समयकालमा ह्रास हुदैँ गएको हाम्रो आशा पनि पुरै निराशामा बदलिएको अवस्था अहिले हो। 

 

अतः यो जटिल परिवेशमा हाम्रै कालमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामुलक संवृद्धि हासिल गर्ने उदेश्यमा विचलित नभई अघि बढ्न अहिले अपरिहार्य भएकाले हामी विवेकशील साझा पार्टीका देहाय अनुसारका १६ जना केन्द्रीय समितिका सदस्यहरु पुष २७ गतेका दिन निर्वाचन आयोगमा गई वैधानिक तवरले नयाँ दल गठनको कानुनी प्रक्रिया शुरु गर्नको लागि निवेदन दिएका छौं ।’

 

उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुअघि पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने काम एकलौटी रुपमा गरेपछि असन्तोषले सीमा नाघेको बताइन्छ ।

 

विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले भनेका छन्-‘पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न यही पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो। हामीलाई आशा एवं विश्वास थियो– आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। 

 

र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो ।’

 

विवेकशील साझा पार्टीको केन्द्रिय उद्यमशीलता तथा रोजगारी विभाग प्रमुख रहेकी एवं गत आम निर्वाचनकी एक उम्मेद्वार सुबुना बस्नेत भन्छिन्-‘छुट्टिने निर्णय कठिन थियो तर अत्यावश्यक। अबको बाटो झन कठिन हुन सक्छ तर तयार छु।’

 

विवेकशील साझा पार्टीका स‌ंयोजकमध्येका एक रविन्द्र मिश्रले चाहिँ उज्वल थापाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएको खबर आफूले थाहा पाउँदा आश्चर्यचकित भएको बताएका छन् ।

 

चर्चित पत्रकार एवं लेखक विजय कुमारले चाहिँ विवेकशील साझाको फुटलाई सपोर्ट गरेका छन् । पार्टीमा आएको फुटले वैकल्पिक शक्ति निर्माणमा बाधा नपुग्ने भन्दै उनले भनेका छन्- ‘एसियाको दोस्रो गरिब देशका ठुला पार्टीवालाले पनि यो फुटबाट सिक्नुपर्छ ।’


थप समाचार

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • 23 minutes ago
संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • 2 hours ago
बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

  • 6 hours ago
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।