IIMS College

ISMT

HUB Education

विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ललितपुर । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । 

 

जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु कागजले नमानेर डिएनए परीक्षणकै प्रतिवेदन माग्ने गरेको बताए । उनले भने, “कामका सिलसिलामा ती देश पुगेर अहिले स्थायी बसोबासको अनुमति पाएकाहरु आफ्ना सन्तान लैजान परीक्षण गर्न आएका छन् ।” 

 

प्रयोगशालाले नेपाल सरकारको कन्सुलर सेवा विभाग, वैदेशिक रोजगारीको परामर्श केन्द्रका चिठीलगायत आधिकारिक प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने रिजाल बताउँछन् । कतिपय आफ्ना सन्तानसँग शंका लागेकै भरमा डिएनए परीक्षण गर्न आइपुग्छन् । उनीहरुले पनि विदेश जानका लागि चाहिएको छ भन्दै झुट बोल्ने गरेको उनी बताउँछन् ।

 

उनी भन्छन्, “हामी आधिकारिक पत्र हेरेर आवश्यक पर्ने अवस्थामा मात्रै परीक्षण गरेर नतिजा दिन्छौँ ।” व्यक्तिगत रुपमा आएकाहरुको डिएनए परीक्षण गर्दा समाजमा बेथिति आउन सक्ने भएकाले प्रयोगशालाले परीक्षण गर्दैन । यसअघि मानव डिएनए मात्रै परीक्षण हुँदै आएकामा प्रयोगशालाले गत वर्षदेखि वन्यजन्तुको समेत परीक्षण गर्न शुरु गरेको छ । 


थप समाचार

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

  • 1 minute ago
यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्

बिहे रोक्न माग गरेपछि...

  • 5 minutes ago
बिहे रोक्न माग गरेपछि...

भजनी । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् ।

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

  • 10 minutes ago
सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।