IIMS College

ISMT

HUB Education

उपनिर्वाचनमा विद्या भट्टराईले जित्ने सम्भावना कति ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनको सरगर्मी बढिरहेको छ । प्रचारप्रसारमा दलहरु लागि रहेका छन् भने कसले जित्ने चर्चा पनि उत्तिकै चलिरहेको छ । आफ्नो दलले उपनिर्वाचनमा बाजी मार्ने बताइरहँदा कसको प्रचारमा कति धेरै कार्यकर्ता देखाउने प्रतिस्पर्धा पनि उत्तिकै देखिएको छ । 

 

केही शिर्ष नेताहरु उपनिर्वाचनमा सघाउन समेत लागि परेका छन् । 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशिल युवा बनाउनु पर्ने बताएकी छन् ।

 

भट्टराईले समृद्ध नेपाल निर्माणको लागि एक आधारशिला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवाहरूलाई उद्यमशिल बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफु विशेष जोड दिने बताईन् । 

 

उनले कम्युनिष्टहरू अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्यहरू सो कुरामा केन्द्रीत गर्नुपर्ने बताईन् । भट्टराईले सो कुरा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ४ का जनताहरूसँग प्रत्यक्ष भेट पश्चात आयोजित कोणसभालाई सोमबार सम्बोधन गर्दै बताएकी हुन् ।

 

विगतको निर्वाचनमा आफ्नो पार्टीले वाचागरेका प्रतिवद्धताहरू र जनताका आकांक्षाहरू आफ्नो निर्वाचनको केन्द्रविन्दू रहेको भन्दै सोही अनुसार आफु अघि बढ्ने बताईन् । जन सहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूभिका बिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने भन्दै सबै जनताहरू राजनीतिकरूपमा सचेत भएर जन प्रतिनिधिहरूलाई निरन्तर खवरदारी गर्न आग्रह गरिन् ।

 

यसअघि भट्टराईले सोमबार बिहान सो वडाको नालाको मुख स्थित नेपाली राजनीतिका लौह पुरुष स्व। गणेशमान सिंहको शालिकमा माल्र्यापर्ण गरी उक्त वडाको जनताहरूसँग भेटघाट शुरू गरेकी थिईन् । सयौं नेता, कार्यकर्ताहरूका साथमा जनसाक्षात्कार गरेकी उम्मेदवार भट्टराईलाई सो वडाका वासिन्दाहरूले दोब्बर मतले निर्वाचित गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 2 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 3 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 3 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।