वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्र सिमित नराखी आफुभित्रको उत्साहले आफुलाई नेतृत्व र निर्णय क्षमताको तहमा पनि स्थापित गर्न सक्षम भएका छन् ।

 

१ ती महिलाहरु मध्ये इटालीकी भौतिक वैज्ञानिक फाबिओला जानोती एक हुन् । २०१४ मा बेलायती अखबार द गार्डियनले उनलाई ‘ब्रह्माण्डको रहस्य कुञ्ज महिला’ संज्ञा दिएको थियो । उनले २०१६ मा स्वीजरल्याण्डस्थित संसारकै महत्वपूर्ण विज्ञान केन्द्र युरोपियन अर्गनाईजेशन फर न्यूक्लियर रिसर्चमा पार्टिकल फिजिक्सको नेतृत्व गरेकी थिइन् । १९९४ देखी फाबिओला उक्त केन्द्रमा एक महत्वपूर्ण विज्ञान खोजकर्ता थिइन् । सन् २००९ देखि २०१३ सम्म उनी लार्ज हेड्रन कोलोराइडमा एटलसको लागि प्रवक्ता बनिन् । उनले प्रकृतिमा धेरै मात्रामा पार्टिकल किन छ भन्ने विषयलाई विश्वसामु स्पष्ट पारिन् ।

 

२ प्रकृतिलाई आफ्नो पहिलो घर बताउने मानवशास्त्री क्रिस्टिना फिगेरस ३ पटक कोस्टारिकाका राष्ट्रपति बनेका जोसे फिगरस फेररकी छोरी हुन् । क्रिस्टिनाले २०१० मा कानकुन, २०११ मा डर्बन, २०१३ मा वार्सा र २०१४ मा लिमाको जलवायु परिवर्तन सम्मेलनको अगुवाई गरेकी थिइन् । उनी २०१२ र २०१६ को बीचमा संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जको कार्यकारी सचिव रहिन् । २०१५ मा पेरिसमा भएको ऐतिहासिक जलवायु सम्झौतामा क्रिस्टिनाको महत्वपूर्ण भूमिका रह्यो ।

 

३ आफ्नो योगदानको कारण भारतकी किरण मजूमदार शालाई विज्ञानको दुनियाँमा पहिचानको अभाव छैन । बायोटेक्नोलोजीमा आफ्नो योगदान दिएको कारण उनलाई विज्ञान जगतमा उच्च स्थानमा राखिएको छ । सन् २०१० मा अमेरिकाको चर्चित अखबार टाइम्सले आफ्नो बार्षिक र्‍याङकिङमा उनलाई दुनियाँको १०० प्रभावशाली मानिसहरुमा राखेको थियो भने २०१४ मा फ्यूचर म्यागजिनले उनलाई एसिया प्यासिफिकको सबैभन्दा प्रभावशाली महिलाको करार दिएको थियो ।

 

४ अमेरिकाको म्यागजिन फोर्ब्सले दुनियाँको १०० शक्तिशाली महिलामध्येमा ७६औँ स्थानमा गोयन शटवेललाई राखेको थियो । कन्स्ट्रक्सन र इन्जिनियरिङको क्षेत्रमा संलग्न गोयन विशेषज्ञता अप्लाइड म्याथमा पनि रहेको छ । उनी स्पेसएक्सकी अध्यक्ष हुन् जुन स्पेस प्रविधिमा काम गर्छ ।

 

५ चिनीयाँ फिजिशियन मारग्राटा चान रोगाणुरोधकको लागि काम गर्छिन् । चानले गानरीअ जस्ता बिमारीको लागि मानिसहरुलाई सतर्क पारेकी थिइन् । उनी श्वाससम्बन्धी बिमारी र बर्ड फ्लूको पनि विशेषज्ञ हुन् । उनी विश्व स्वास्थ्य संगठनको महानिर्देशक पनि भएकी छिन् ।


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 6 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।