गाउँगाउँमा बिजुली, स्थानीयवासीलाई सहज

Education Park

डोटी । कुनैबेला राति अन्धकार रहने यहाँका केही गाउँपालिका पछिल्लो समयमा झिलिमिली देखिन थालेका छन् ।  खोलाको पानीले विद्युत् उत्पादन गरेर वितरण गरेपछि जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारा, सायल गाउँपालिकाको देवरमाण्डु, सायलगाउँ, बसाइखोला, साप्रेवेटारा, बडीकेदरा गाउँपालिकाको मन्नाकापडी, जुनी तथा जोरायल गाउँपालिकाको चौकी, गड्सेरा, निरौलीलगायतका गाउँ झिलिमिली भएका हुन् । बोगटान फुड्सिल गाउँपालिकाको स्थानीय टुँडागाड खोलाको पानी प्रयोग गरी ६५ किलोवाट क्षमताको टुँडागाड लघुजलविद्युत् आयोजना निर्माण भएपछि उक्त गाउँपालिकाका केही वडाहरु पूरै झिलीमिली बनेको छ । 

 

टुँडागाड लघुजलविद्युत् आयोजनाबाट सो गाउँपालिकाका उमुडी, बिठारीगाउँ, चनुकाँडा, सुकाटी, दाच्का, खत्याडी, लखुडा, बजेली, सुकातोलालगायतका ५०० घरधुरी लाभान्वित भएका स्थानीय देवबहादुर बमले जानकारी दिए । उनले भने, “बिजुली निकालेपछि गाउँगाउँ झिलिमिली बनेका छन्, अहिले त हाम्रा गाउँ शहरभन्दा कम छैनन् ।” आयोजना सञ्चालनमा आएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन सञ्चालन गर्न सुविधा पुगेको खत्याडी उच्च माविका प्रधानाध्यापक महेन्द्रसिंह ठगुन्नाले बताए ।

 

उनले भने, “विद्युत् नहुँदा विद्यार्थीलाई सिकाउन ल्याइएका कम्प्युटर त्यत्तिकै थन्केका थिए, बत्ती आयो अब कम्प्युटर पढाइ गर्न सजिलो भएको छ ।” करीब रु तीन करोडको लगानीमा उक्त आयोजना सम्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले बताए । “गरे के नहुँदोरहेछ र, निकै मेहेनतका साथ लाग्याँै अन्ततः बत्ती बालेरै छोड्यौँ”, उनले भने, “हामी पनि अन्धकारबाट मुक्त भयौँ ।” 

 

डोटीको चवराचौतारासहित, गसेरा, निरौली, मन्नाकापडी, बर्छैन तथा साइलगाउँमा सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाले सो क्षेत्रमा झिलीमिली भएको छ भने विद्युत् सञ्चालनपछि खुलेका कुटानी पिसानीका मिलहरुले गाउँलेलाई रोजगार बनाएको जोरायल गाउँपालिका–५ गडसेराकी दर्गादेवी  विष्टले बताए । उनले भने, “गाउँमा बिजुली आएपछि केटाकेटीलाई पढ्न सजिलो र मिल खुलेपछि हामीलाई कुटानीपिसानीमा सहज भएको छ ।”

 

गाउँघरमा पर्याप्त बिजुली हुनुका साथै बिजुलीबाट सञ्चालित मिलहरु जडान भएपछि यहाँका महिलालाई वर्षौैँदेखि प्रयोग गर्दै आएको ढिकी जाँतोको समस्याबाट पनि छुट्करा मिलेको छ । गाउँमै बिजुली उत्पादन गरिएपछि यहाँका स्थानीयवासी निकै खुशी भएको बडीकेदर गाउँपालिका मन्नाकापडीका स्थानीयवासी लालबहादुर मौनीले बताए । उनले भने, “वर्षौंदेखि अन्धकारमा बस्न र सल्लाको दियालो (झुरो) बाल्न बाध्य थियौं, बिजुली आएपछि सबै काम राम्रो भएको छ ।”


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।