IIMS College

ISMT

HUB Education

आचार्यले पुस्तकमा उतारे बेलायतको वित्तीय अवस्था

  • आइतबार, १ आषाढ, २०७६
  • 5 months ago
  • युके
लेखक विकलचन्द्र आचार्य
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं  । विश्व अर्थतन्त्रको शक्तिशाली केन्द्र बेलायत खासगरी विभिन्न समयमा ठूल्ठूला उतार चढावको साक्षी बनेको छ । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीहोस वा पछिल्लो समयको बे्रक्जिट गतिरोध नै किननहोस बेलायती अर्थतन्त्रले विभिन्न चुनौतिको सामना गर्दै आइरहेको छ ।

 

१९ औं शताब्दीको औद्योगिक क्रान्तियता निरन्तर विकासको गति समातेको अर्थतन्त्र दोस्रो विश्वयुद्धका कारण केहि शिथिल भयो । तर सन् १९७० को दशकमा प्रधानमन्त्री मार्गरेट थ्याचरको नीजिकरण नीतिसँगै पुन जुर्मुराएको बेलायत त्यसयता विभिन्न सामाग्री उत्पादन, कृषी, प्राकृतिक श्रोत, वित्त व्यवस्थापन लगायत विषयमा केन्द्रित छ ।

 

प्रतिक्ल परिस्थिति बाबजुद बेलायतले कसरी आफ्नो अर्थतन्त्रलाई स्थीर राख्न सफल रह्यो भन्ने कुरा पक्कै पनि नेपालले पनि सिक्न सक्छ । यहि सेरोफेरोमा बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ शुक्रबार सार्वजनिक गरिएको छ ।

 

 

पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिंङ  इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिकक्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध बिषय समाबेश छन् ।  

 

राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पुर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले पुस्तकको बिमोचन गरे । बेलायतको वित्तीय अवधारणा समेटेर लेखिएपनि नेपाली सन्दर्भ जोडिएकाले पुस्तक निकै उपयोगी रहेको क्षेत्रीले बताए । ‘पुस्तक धेरै नै उपयोगी र सूचनामूलक छ,’ उनले भने, ‘देश बाहिर बसेर पनि मातृभूमीलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ।’

 

 

 

राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथी टिप्पणी गरेका थिए । 

 

बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमाधैरै कुरा सिक्न सक्ने देखिन्छ । विश्वको एक शक्तिशालीवित्तीय केन्द्रबारेको वास्तविकपरिवेश बुझ्नपुस्तकले सहयोग पु¥याउँछ । बेलायतको वित्तीय क्षेत्रले संसारभरी प्रभावपार्ने गरेकोले राजधानीलन्डन आर्थिक केन्द्र रहिआएको छ ।

बेलायतमामात्रै दिनमाऔसत करिब २ दशमलब ७३ ट्रिलियन (२०७३ अर्ब) डलर बराबरको विदेशीविनिमयको कारोबार हुने गर्छ, जुनकुलविश्व कारोबारको ४० दशमलब ९ प्रतिशतहो । अमेरिकाको डाओ जोन्स र नस्डाक पछि लन्डन स्टक मार्केट आउँछ । 

 

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्र वृत्तिपाएर बिसं २०५० मा बेलायत पुगेका लेखक शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका छन् । यसअघि आचार्यका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरि चार कृति प्रकाशित भइसकेका छन् । ब्यबस्थापन बिषयबारे लामो अनुभव संगाल्नु भएका लेखक ब्रिटिश मेडिकल जर्नालिष्ट एशोसियसनका सदस्य समेत हुन् । 

 


थप समाचार

मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

  • 7 minutes ago
मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

एजेन्सी । सन् २०१८ डिसेम्बारमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होलाई टोटनहम क्लबले सफलता पाउने विश्वास गर्दै प्रशिक्षक पदमा नियुक्त गरेको छ ।

कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

  • 13 minutes ago
कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

परासी । तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए

पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

  • 21 minutes ago
पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

रौतहट । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार पहाडी मुलका नागरिकको विकास र समृद्धिको लागि मात्रै लागिपरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्ट



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।