IIMS College

ISMT

HUB Education

विदेशमा नेपाली खाना चिनाउंदै विकास

  • शुक्रबार, १ चैत, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । विगत चार बर्षदेखि युरोपेली बजारमा दैनिक उपभोग्य वस्तुको बजारीकरण गरिरहेको कम्पनी ’मार्केट डाइरेक्ट’ ले नेपाली भान्छाको परम्परागत स्वादलाई युरोपेली बजारमा बिस्तार गरेको छ ।

 

३० वर्षिय युवा विकास नेपालले ’मार्केट डाइरेक्ट’ कम्पनीमार्फत् एक वर्षको अवधीमा युरोपेली बजारमा नेपाली स्वादको उत्पादन पुर्याएका हुन् । 

 

युरोपेली बजारमा पहिलेदेखि नै दुई वटा नेपाली ब्राण्डको उपस्थिति भएपनि कमजोर प्याकेजिङका कारण खासै प्रभाव पार्न सकेका थिएनन् ।

 

’नेपाली वस्तु बेचौं न भनेर बजारमा खोजी गर्दा ज्यादै कमजोर प्याकेजिङ पायौं’ मार्केट डाइरेक्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेपालले भने, ’नेपाली प्रोडक्ट हो भन्ने गर्व महशुस होस् भन्ने सोच्यौं र हामीले गुणस्तरीय उत्पादनसँगै ब्राण्डिङ र प्याकेजिङमा पनि फोकस गर्यौं।’

 

प्याकेजिङ र ब्राण्डिङको लागि उनको टिमले झण्डै ६ महिना अध्ययन गरेर नाम जुरायो( ’नेपाल फुड्स’ र नारा तय गर्यो ’द एसेन्स अफ हिमालयज।’

 

 

कम्पनीले नेपाल फुड्स ब्राण्डमा एक वर्षदेखि  भटमास, चिउरा, दाल, पीठो, अचार वितरण गरिरहेको छ । बेलायतमै राँगाको सुकुटी उत्पादन र वितरण समेत गरिहेको कम्पनीले जानकारी दिएको छ।

 

नेपाल फुड्सको लागि बजारबाट वस्तु संकलन गर्ने र प्याकिङ गर्दै युरोप पठाउने जिम्मेवारी काठमाडौं बसेर ऋषभ श्रेष्ठले सम्हालिरहेका छन्। नेपाली भान्छाको स्वादमा विविधता ल्याउन र तयारी खाना (रेडि टु इट) मा रुपान्तरण गर्न नेपाल फुड्सलाई अध्ययन अनुसन्धानमा साथ दिइरहेका छन् सेफ संदीप खत्रीले। 

 

नेपाली स्वाद नेपालीलाई मात्र नभएर भारतीय र युरोपेली उपभोक्ताको भान्छामा समेत पुर्याउने लक्ष्यका साथ ’मार्केट डाइरेक्ट’ ले काम गरिरहेको छ। भारतीय माझ प्रचारप्रसारको लागी सन् २०१९ को पूर्व संध्यामा बलिउड अभिनेता सलमान खानमार्फत् ’कलर्स टिभी’ मा नयाँ वर्षको शुभकामना सन्देश प्रायोजन समेत गरेको थियो।

 

नेपाल फुड्सको उत्पादन बेलायत, पोर्चुगल, बेल्जियम, पोल्याण्ड, जर्मनी, डेनमार्क र स्वेडेनमा उपलब्ध रहेको मार्केट डाइरेक्टले जानकारी दिएको छ। अमेरिका, अष्ट्रेलिया र नेपालमा पनि आगामी तीन महिनामा नेपाल फुड्सको उत्पादन पुर्याउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत नेपालले जानकारी दिए । उनले अमेरिकामा बजारीकरणको लागी सन् २०१८ अगस्टमा ’मार्केट डाइरेक्ट युएसए इंक’ समेत दर्ता गरिसकेका छन्।

 

 

यसरी सुरु भयो नेपाल फुड्स

 

वीरगञ्जमा स्कूल तहको अध्ययन सकेर उच्च शिक्षा हासिल गर्न नयाँ दिल्ली हुँदै सन् २००९ मा बजार व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन गर्न बेलायत पुगेका थिए, विकास नेपाल।

 

उनले अध्ययनकै शिलशिलामा ’ब्रिटिश ग्याँस कम्पनी’ मा सेल्स म्यान (बजार प्रतिनिधी) को काम पाए। लगातार छ दिनसम्म कर्पोरेट हाउस चाहार्दा पनि उपलब्धि हासिल गर्न सकेनन्। ’सातौं दिनमा बल्ल मैले पहिलो अर्डर पाएँ,’  नेपालले अनुभव सुनाउँदै भने, ’त्यसपछि कहिल्यै पछाडि फर्कनु परेन।’

 

भनिन्छ, बेलायतमा घरदैलोमा पुगेर बिक्री गर्न सक्षम हुने सेल्सम्यान संसारको जुनसुकै कुनामा पुगेर जेसुकै बेच्न सक्छ। 

 

सन् २०१२ मा अध्ययन भिषाको अवधि पुरा भएपछि उनले जागीरे भिषामा ब्रिटिश ग्यासमै दुई वर्ष जागिरलाई निरन्तरता दिए। जागिरे भिषाको अवधि सकिएपछि उनीसामू दुईवटा विकल्प थियो, स्वदेश फर्कने वा व्यवसायिक भिषामा बेलायत बसाईलाई निरन्तरता दिने। उनले दोस्रो विकल्प रोजे । र, ५० हजार पाउण्ड लगानीमा सन् २०१४ मा  ’मार्केट डाइरेक्ट ’ कम्पनीको जन्म भयो ।

 

’अनुभव हासिल गर्न जागिर गरेपनि पछि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोँच पहिलेदेखि नै थियो’, नेपालले भने, ’अध्ययन र जागिरे भिषा सकिएपछि मसँग आफ्नै व्यवसाय शुरु गर्न पर्याप्त पैसा पनि थियो।’

 

करिब चार वर्षसम्म उनको कम्पनीले भारतीय र युरोपेली बहुर्राष्ट्रिय कम्पनीको दैनिक उपभोग्य वस्तु बेलायतमा वितरणपछि आफ्नै देशको उत्पादन र आफ्नै ब्राण्डमा वस्तु उत्पादन र वितरण गर्ने योजना बनाएको हो।

 

सर्बियामा उत्पादित वाइवाइ चाउचाउ होस् वा नेपालमै उत्पादित ’ओल्ड दरबार र खुकुरी रम’ मदिरा बेलायतको बजारमा वितरण भइरहेको छ। 

 

’हामीभन्दा पहिले धेरैले नेपाली मदिरा बेलायतको बजारमा लैजाने कुरा गरे, तर सकेनन्’, प्रमुख कार्यकारी अधिकृत नेपालले भने, ’हामीसँग त्यहाँको कानून र बजारबारे अनुभव भएकोले तीन चरणको वार्तापछि अन्ततः सफल भयौं।’

 

अबको लक्ष्य 

 

 

स्थापनाका केहि वर्षभित्र बेलायत र युरोपमा समेत विस्तार भइसकेको नेपाल फुड्सलाई भविष्यमा अझै फराकिलो बजारमा पुर्याउने लक्ष्य विकाससंग छ । 

 

'नेपाल फुड्स सुरु गर्ने बेलाको मेरो पहिलो लक्ष्य नै बजारमा नेपाली प्रोडक्ट पनि छ भनेर देखाउनु थियो' , विकास सुनाउंछन्, 'तर अब नेपाल फुड्सलाई एक दिर्घकालिन उद्यमका रुपमा विकास गर्दै अघि बढाउने सोंच हामीसंग छ ।'

 

आगामी दिनहरुमा क्रमिक रुपमा बजार मात्र होइन, उत्पादनहरु पनि बढाउंदै लैजाने योजना विकासको छ । आउंदा दिनहरुमा विदेशमा नेपाली खानाको डिमान्ड झन् बढ्दै जाने आंकलन उनले गरेका छन् । 

 

'विदेश पसेको पहिलो पुस्ताका नेपालीका छोराछोरीहरु अहिले विदेशमै भएपनि मम:, छोइला खांदै हुर्किरहेका छन् । त्यसैले जब उनीहरु ठूला हुन्छन्, उनीहरुको जिब्रोले त्यहि स्वाद खोज्नेछ जुन खाएर उनीहरु हुर्केका छन्', विकास भन्छन्, 'उनीहरुको त्यहि आवश्यकतालाई सम्बोधन गर्ने गरी नेपाली खाना रेडी टु इट(तैयारी) अवस्थामा बजारमा पुर्याउने हाम्रो लक्ष्य छ ।' 

 

बजारको यहि सम्भाव्यतालाई आंकलन गरेर विकासले सोहिअनुसार आफ्नो दिर्घकालिन बिजनेस प्लान बनाइरहेका छन् । 

 

'हाम्रो बिजनेस अहिलेको लागि भन्दा पनि १० वर्ष पछिको लागि सोंचेर गरिएको हो', विकासले सुनाए, 'अहिले त हाम्रो सुरुआत र तयारीको काम गरिरहेका छौं ।' 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 47 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 50 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 53 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।