'उक्त आर्टिकल पढेपछि बिल गेट्सले पढाइ छोडे'

विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् । 

 

हावर्डमा पढ्दा उनले अलटायर मिनी कम्प्युटरबारे एउटा आर्टिकल पढेका थिए । उक्त आर्टिकल पढेपछि उनले पढाइ छोडेका थिए ।

 

त्यसपछि २० वर्षको उमेरमा सन् १९७५ मा उनी र पाउल एलेन मिलेर माइक्रोसफ्टको स्थापना गरे जुन विश्वभरकै पिसी सफ्टवेयर कम्पनी बन्न सफल रह्यो । सन् १९८७ मा नै उनी फोब्र्स म्यागजिनले जारी गर्ने विश्वकै धनी व्यक्तिहरुको सुचीमा परेका थिए । 

 

सन् १९९५ देखि २००७ सम्म उनी विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा रहन सफल रहे । सन् २००९ मा उनी पुन धनी व्यक्तिको पहिलो सुचीमा परे । सन् २००९ देखि २०१४ सम्ममा उनको सम्पत्ति दुई गुणा भन्दा बढी भइसकेको थियो ।

 

४० बिलियन अमेरिकी डलरबाट बढेर उनको सम्पत्ति ८२ मिलियन डलर भएको थियो । सन् २०१७ को सुची हेर्ने हो भने पनि उनी विश्वकै धनी व्यक्तिको सुचीको पहिलो स्थानमा रहेका छन् । उनको सम्पत्ति ८५.६ बिलियन अमेरिकी डलर रहेको छ । 

 

आम्दानी

जब उनी ३१ वर्षको थिए उनको नेटवर्थ १ बिलियन अमेरिकी डलर रहेको थियो । 

माइक्रोसफ्ट रेभेन्यु–८५.३ बिलियन अमेरिकी डलर

घर र अन्य सम्पत्तिहरु

जनडु २.०, वासिङटन–१५४.२ मिलियन अमेरिकी डलर

रान्छो पासियाना, सान डियगो–१८ मिलियन डलर

विलिङटन फ्लोरिडा–१३.५ मिलियन डलर

आयरल्याण्ड

ग्राण्ड बोग काय, बेलिज–२५ मिलियन डलर

कारहरु

१९८८ पोस्र्च ९५९ कप–३,८०,००० अमेरिकी डलर

पोस्र्च ९११ कारिया–१,४९,७२० अमेरिकी डलर

बमबार्डियर बिडी–७०० – ४० मिलियन डलर

बोइङ बिजनेश–८० मिलियन डलर

आर्ट एण्ड कलेक्शनहरु

कोडेक्स लेसिस्टर, बुक अफ लियोनार्दो दा भिन्ची– ३०.८ मिलियन डलर

लस्ट अन द ग्राण्ड ब्यांक्स–३६ मिलियन डलर 

पोलो क्राउड (१९१०)–२८ मिलियन डलर

उनले गरिबी निवारण, स्वास्थ्यमा सुधार गर्नका लागि उनले २८ बिलियन डलर दान गर्दै आइरहेका छन् । 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 5 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 10 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 10 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।